सूर्यदेव खुसी पार्न आइतबार गर्नुहोस् यी ८ काम, मिल्छ लाभ « Khabarhub

सूर्यदेव खुसी पार्न आइतबार गर्नुहोस् यी ८ काम, मिल्छ लाभ


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आइतबार सूर्य देवको बारको रुपमा मानिन्छ । यस दिन केहि सरल उपाय मार्फत सूर्य देवलाई प्रसन्न गर्न सकिने र जीवनका सबै समस्या समाधान गर्न सकिने धार्मीक मान्यता छ ।

हिन्दु धर्ममा सूर्यलाई प्रत्यक्ष देव भनिन्छ । सूर्यको किरणले पृथ्वी प्रकाशमय हुने भएकाले यसलाई जीवनको आधार समेत मानिन्छ । धर्ममा देवता हुनका साथै ज्योतिष मान्यतामा सूर्य ग्रह पनि हो । यसलाई नौ ग्रह मध्ये सबैभन्दा महत्वपूर्ण मानिन्छ । त्यसैले कुण्डलीमा सूर्यको स्थिति कमजोर भए मान–सम्मान र सुख–समृद्धिमा कमी हुने मान्यता छ । सूर्यको स्थिति बलियो पार्न र सुर्य देवलाई प्रसन्न पार्न आइतबार पूजा र केहि उपाय अपनाउनु पर्दछ ।

१. हरेक नित्य बिहान सबेरै उठेर स्नान गरी सूर्य देवलाई जल अर्पण (अर्घ) गर्नु पर्दछ ।
२. यो कार्य साताभरी सम्भव नभए पनि आइतबार भने गर्नुपर्ने मान्यता छ ।
३. उदाउँदो सुर्यलाई जल अर्पण गर्दा यसमा सख्खर मिसाएर अर्घ दिनु शुभ मानिन्छ ।
४. सूर्य देवलाई रातो रंग मनपर्ने भएकाले जलमा एक चिम्टि कुमकुम मिसाउन सकिन्छ ।
५. आइतबार जल अर्पण गर्दा रातो फूल पनि सूर्य देवलाई अर्पित गर्नु पर्दछ ।
६. रातो फुल र कुमकुम हालेका जल बरको रुखमा चढाए सूर्य देव प्रसन्न हुने मान्यता छ ।
७. आइतबार आदित्य हृदय स्तोत्रको पाठ गर्न अत्यन्त प्रभावशाली मानिन्छ ।
८. कुण्डलीमा सुर्य मजबुत पार्न आइतबार सुर्य देवको नुन नखाई व्रत बस्नु पर्दछ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ५ : २५ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति