अक्सिजन सिलिन्डर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ « Khabarhub

अक्सिजन सिलिन्डर कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना महामारीको मौकामा अक्सिजन सिलिन्डरको कालोबजारी गरेको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ललितपुरको सातदोबाटो बस्ने नुवाकोट विदुर नगरपालिका–३ का रामकृष्ण घिमिरे, ललितपुर महानगरपालिका–१२ लगनखेल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–६ का नवराज खनाल र ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने धादिङ गल्छी गाउँपालिका–२ का रामशरण अधिकारी रहेका छन् ।

प्रहरीका अनुसार अक्सिजनको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा उनिहरुलाई पक्राउ गरिएको हो ।

बजारमा अन्दाजी रु १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिन्डरलाई बजार मूल्यभन्दा बढी लिई प्रतिसिलिण्डर रु ४१ हजार रुपैयाँमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट अक्सिजन भरिएको सिलिन्डर एक थान, सोही सिलिन्डर बिक्री गर्दै गरेको नगद रु ४१ हजार र चार थान रसिदसमेत बरामद गरिएको छ ।

उनीहरुविरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन अन्तर्गतको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ७ : ४० बजे

युक्रेनमा रुसी आक्रमण, तीन बालबालिकासहित आठ जनाको मृत्यु

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी

शैलुङका किसानको मेहनत : काठमाडौं पुग्छ वार्षिक ५० करोडभन्दा बढीको कृषि उपज

दोलखा- दोलखाको शैलुङ गाउँपालिका व्यावसायिक तरकारी तथा फलफूल खेतीको प्रमुख

पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि

आगामी महाधिवेशनले कांग्रेसलाई एकजुट बनाउँछ : शशांक कोइराला

काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहका संयोजक डा. शशांक कोइरालाले

एमालेमा १३ जना केन्द्रीय सदस्य मनोनीत

काठमाडौं – नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको