करेलाका यी बेफाइदा थाहा पाउनुहोस् « Khabarhub

करेलाका यी बेफाइदा थाहा पाउनुहोस्


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वाद तितो हुने भएकाले धेरैलाई करेला मन पर्दैन । तथापी यसका पारखि भने कम छैनन् । साथै स्वास्थ्यको दृष्टिकोणमा समेत करेला फाइदाजनक मानिन्छ । तर अत्यधिक मात्रामा करेला सेवन गरेमा भने यसले बेफाइदा गर्दछ ।

१. मधुमेहको खतरादेखि अन्य स्वास्थ्य समस्यामा करेलाको प्रयोग गरिन्छ । तर अत्यधिक करेला सेवन गर्दा ‘साइड इफेक्ट’ हुन्छ ।

२. करेलाको जुसमा मोमोरडिका क्यारिन्टिया नामक तत्व पाइन्छ । यसको अत्यधिक सेवनले महिनावारी चक्र बढाउँछ ।

३. गर्भावस्थाको समयमा अत्यधिक करेलाको सेवन गरेमा गर्भपतन हुने खतरा हुन्छ ।

४. रगतमा चिनीको मात्रा सन्तुलन गर्न करेला खानेहरुले मात्रा मिलाएर पिउनु पर्दछ । अन्यथा हानी हुनसक्छ ।

५. अत्यधिक करेलाको जुस सेवनले कलेजो र मिर्गौलामा असर पर्दछ ।

६. अत्यधिक करेलाको सेवनले कलेजोमा एन्जाइम्सको वृद्धि हुने हुँदा कलेजोमा समस्या आउन सक्छ ।

७. अत्यधिक करेला सेवन गर्दा हिमोलाइटिक एनिमिया हुने सम्भावना पनि बढ्छ । यस्तो अवस्थामा ज्वरो आउने, पेटमा दुखाई हुने, पखाला लाग्ने, टाउको दुख्ने हुन्छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  २ : ०९ बजे

हुथी विद्रोहीका १३६ सैन्य निसाना ध्वस्त पारेको साउदी नेतृत्वको गठबन्धनको दाबी

यमन– साउदी अरबको नेतृत्वमा रहेको गठबन्धनले हुथी विद्रोहीविरुद्ध ठूलो स्तरको

एमाले स्थायी कमिटीको बैठक सम्पन्न, १३ जना केन्द्रीय कमिटी सदस्य थपिए

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ– जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा