जब शववाहन चालकले आनाकानी गरे... | Khabarhub Khabarhub

जब शववाहन चालकले आनाकानी गरे…



काठमाडौँ– ‘चालकले संक्रमित महिलाको शव घाटसम्म लैजान नमानेपछि चावी मागेँ र शववाहन हाँकेर घाटसम्म पुर्‍याएँ ।’

यो भनाइ हो हरिवन नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शेख महेबुब रेजाको ।

सर्लाहीस्थित हरिवन नगरपालिकाको कोभिड अस्पतालमा ५५ वर्षीया शोभा भट्टराईको मङ्गलबार मृत्यु भयो ।

शववाहनका चालक घाट जान मानेनन् अनि कोभिड अस्पताल रहेको वडा नम्बर ११ का वडा अध्यक्ष रेजा आफैँ अघि सरे । शोभा लालबन्दी नगरपालिकाको एक क्लिनिकमा कार्यरत थिइन् । उनलाई गत वैशाख ३१ गते कोरोना पोजेटिभ देखिएको थियो ।

होम आइसोलेसनमा बसेकी शोभालाई श्वासप्रश्वासमा समस्या भएपछि सोमबार राति ९ बजे उनी कोभिड अस्पताल पुर्‍याइएकी थिइन् ।

‘संक्रमित महिलाको मृत्यु भयो भनेर मलाई अस्पतालबाट फोन आयो,’ वडा अध्यक्ष रेजाले खबरहबसँग भने, ‘मेयर साब र सेनालाई जानकारी गराएँ । सेनाले शववाहन व्यवस्था गरिदिनुस् भन्यो ।’

वडा अध्यक्षले तत्काल शववाहन चालकलाई अस्पताल बोलाउ फोन गर्दै घटना जानकारी गराए । उनका अनुसार चालकले आनाकानी गर्दै ‘संक्रमणको डर छ, मलाई अलि सन्चो पनि छैन’ भने । वडाअध्यक्षले चालकलाई ‘म शववाहन लिन त्यहीँ आउँछु, चाबी ठिक पारेर राख्नू’ भने ।

लगत्तै उनले कार्यालयमा रहेको एक थान पीपीई सेट लगाए, हातमा पञ्जा लगाए र मेयरलाई जानकारी गराएर शववाहन लिन चालकको घर पुगे ।

चाबी लिएँ गाडी हुइक्याएँ र मेयर साबलाई सोधेँ, ‘चालक आउन मानेनन् शव के गर्ने ?’

स्थानीय समस्या हामीले नै समाधान गर्नुपर्छ भन्ने हौसला मेयरले दिए । सेनाका केही जवानहरूले शव उठाएर गाडीमा राखे । वडाअध्यक्ष रेजा आफैँ शववाहन चलाएर अस्पातलबाट ९ किलोमिटर पर बाग्मती किनारमा पुगे ।

उनले भने, ‘संक्रमितको शव लिएर जाँदा अलिकति पनि डर लागेन । बरु मनोबल उच्च राख्दै गर्व महसुर गरेँ ।’ विश्व नै संक्रमणमा गुज्रिएको अवस्थामा सबै तहका जनप्रतिनिधिले आफूलाई सुरक्षित राख्दै खटेर काम गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘हामीले नै बेवास्ता गर्‍यौँ भने जनताको अवस्था के हुन्छ ! आआफ्नो दायित्व सम्झेर आआफ्नो ठाउँबाट सहयोग गरौँ ।’

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १२ : ४७ बजे

एकतापछि प्रचण्डले भने- १० घटकको ठुलो भारी र जिम्मेवारी दिएकोमा गर्व महसुस गरेको छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरूको पार्टीलाई

राष्ट्रिय झण्डा ओढेर विध्वंस मच्चाउने ‘सेलिब्रेटी’ हो ?

 काठमाडौं–  जेन‑जी आन्दोलन र त्यसअघि दुर्गा प्रसाईं नेतृत्वको विरोध प्रदर्शनमा राष्ट्रिय

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छ : सञ्चारमन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशका महत्त्वपूर्ण सार्वजनिक

दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता

काठमाडौं– दसौँ राष्ट्रिय खेलकुद २०८२ साल फागुन पहिलो साता हुने भएको

स्वस्तिका र शिभाली सेमिफाइनलमा

काठमाडौं– स्वस्तिका विष्ट र शिभाली गुरुङ होटल मिस्टिक माउन्टेन ग्रान्ड