खेतमै कुहियो खर्बुजा | Khabarhub Khabarhub

खेतमै कुहियो खर्बुजा


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– कोरोना महामारीका कारण बजार बन्द भएपछि सर्लाहीमा किसानहरुले उत्पादन गरेको खर्बुजा कुहिने अवस्थामा पुगेको छ । बरहथवा नगरपालिका ७ मा करिब १५ लाख रुपैयाँको खर्बुजा बिक्री गर्न नपाएको किसान विशालराज गिरीले गुनासो गरे ।

गिरीले राम्रो उत्पादन र आम्दानीको आशमा डेढ बिघा जमिन भाडामा लिएर खर्बुजा खेती गरेका थिए । खेतमा उत्पादन भएको खर्बुजा बिक्री गर्ने समयमा निषेधाज्ञा लागेपछि किसान मारमा परेका हुन् ।

“बजार सबै बन्द छ, आफैँले खाएर सक्ने कुरा पनि होइन, खर्बुजा बिक्री नभएपछि खेती गर्दाको रु ३ लाख २५ हजार ऋण हजार कसरी तिर्ने भन्ने चिन्ताले आफुलाई सताउन थालेको छ”, गिरीले भने ।

गिरीले बिघाको वार्षिक रु ७५ हजारमा जग्गा भाडामा लिएका छन् । गिरीले इजरायली ५ जातका खर्बुजा लटरम्मै फलाएकोमा एक थरी साढे ३ र अर्को ५ किलोसम्मका छन्। उनका अनुसार उत्पादन भएको ७० क्विन्टल खर्बुजा खेतमा अलपत्र परेको छ। वैशाखको पहिलो साताबाटै खर्बुजा बिक्रीका लागि तयार भएको थियो ।

खेतमा रहेको खर्बुजा जेठ अन्तिमसम्म बिक्री नभए कुहिने भन्दै जिल्लाका किसान समस्यामा परेका छन् । जिल्लामा कोरोना सङ्क्रमण नियन्त्रणका लागि वैशाख २५ गते राति १२ बजेदेखि जारी निषेधाज्ञा जेठ १० गते राति १२ बजेसम्मका लागि लम्ब्याइएको छ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १ : ३३ बजे

देशका केही स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना

काठमाडौं–  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव

प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसको अवरोध कायमै रहने 

काठमाडौं– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ। बिहीबारको बैठकमा पनि

आज २०८१ साल जेठ ४ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ४ गते शुक्रबार तदनुसार

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो