थापाको विपक्षमा मतदान गर्नेलाई एमालेले माफी नदिने | Khabarhub Khabarhub

थापाको विपक्षमा मतदान गर्नेलाई एमालेले माफी नदिने


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले आधिकारिक उम्मेदवार रामबहादुर थापाविरुद्ध मतदान नगर्नेहरुलाई माफी नदिने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको एमाले स्थायी कमिटि बैठकले राष्ट्रियसभा सदस्यका लागि एमालेका तर्फबाट उम्मेदवार बनेका थापाको विरुद्ध मतदान गर्नेहरुलाई क्षमा नदिने निर्णय गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले भने,‘विवाद समाधानका लागि कार्यदल गठन गरेको परिस्थितिमा पार्टीको ह्वीप उल्लंघन गर्दै विपक्षमा मतदान गर्ने कार्यको भर्त्सना गरेको छ । पार्टीका कतिपय नेता र कार्यकर्ताहरूको यस्तो क्रियाकलाप क्षम्य नहुने बैठकको निष्कर्ष छ ।’

परराष्ट्रमन्त्रीसमेत रहेका प्रवक्ता ज्ञवालीले बजेट अध्यादेशबाट नल्याउने स्पष्ट पारे । उनले संसदको बजेट अधिवेशन बोलाउने विषयमा समेत छलफल भइरहेको जानकारी दिए । कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै शक्ति लगाउने विषयमा समेत स्थायी कमिटी बैठकमा छलफल भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ४ : ०७ बजे

दाङमा टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

देउखुरी– दाङमा टिपर र मोटरसाइकल एक-आपसमा ठोक्किँदा एकको मृत्यु भएको

भारतले गर्‍यो हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण

एजेन्सी – भारतले हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण गरेको छ

उत्तर कोरियाद्वारा दुई हवाई प्रतिरोधी क्षेप्यास्त्र परीक्षण

सियोल- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले दुई नयाँ

मुग्लिन-पोखरा सडक : पूर्वी खण्डको म्याद चौथो पटक थपियो

दमौली– मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को चौथो पटक म्याद

५६ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र

कैलाली– कैलालीको कैलारी गाउँपालिका–२ कुकुरभुक्कामा झण्डै ५६ वर्षअघि निर्माण गरिएको