प्रहरी अस्पतालमा संक्रमितलाई ठाउँ छैन, आईसीयु र भेन्टिलेटर भरिए « Khabarhub

प्रहरी अस्पतालमा संक्रमितलाई ठाउँ छैन, आईसीयु र भेन्टिलेटर भरिए


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी अस्पताल महाराजगञ्जका कोरोना संक्रमितका लागि छुट्याइएका आईसीयु, भेन्टिलेटर लगायत सबै वार्ड भरिएका छन् ।

अस्प्तालका प्रशासनका अनुसार अहिले १ सय ५५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । प्रशासन स्रोतका अनुसार अस्पतालमा रहेका ३० बेडको आईसीयु, २० बेडको भेन्टिलेटर र १० बेड एचडीयु सबै भरिएका छन् ।

अस्पतालका साधारण बेडसमेत भरिएपछि छेउमै बन्दै गरेको घरलाई सामान्य मर्मत गरेर ३५ जना सर्वसाधारण बिरामीलाई अक्सिजन उपलब्ध गराई  राखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार बेडसहितको उपचार कक्ष धमाधम बनाए पनि अक्सिजनको पर्याप्तता नभएकाले त्यहाँ पनि कठिनाई देखिएको छ । स्रोतका अनुसार ‘फर्स्ट लाइन ट्रिटमेण्टको आधारमा इमरजेन्सीमा सर्वसाधारणको समेत उपचार गरिएको छ ।’

नेपाल प्रहरीको उपत्यका बाहिरका अस्पतालमा पर्याप्त पूर्वाधार नभएकाले जटिल संक्रमितको उपचार हुन सकेको छैन । ती स्थानमा एक जना चिकित्सक भएकाले सामान्य बिरामीको अब्जर्भेसन र आइसोलेसनको काम मात्र भएको बताइन्छ ।

तिनलाई सामान्य उपचार गरेर पठाउने गरिएको छ। निमोनिया भइसकेकाको ती अस्पतालमा उपचार नहुने स्रोतले बताएको छ

बैशाख २६ गते अस्पताल भर्ना भएका सादा पोशाकमा रही काठमाडौं प्रहरी परिसरबाट अपराध अनुसन्धान हेर्ने डीएसपी राजकुमार केसीको आज बिहान १ बजे निधन भएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ६ : ०१ बजे

आशाका कालजयी गीतमा स्कुले बच्चादेखि वृद्धसम्म ‘छमछमी’

मोहनी लाग्ला है !‘वसन्त नै बस्न खोज्छ यहाँ’‘किन बढ्दैछ ढुकढुकी

उपसभामुखमा जिल्लिएपछि राप्रपा चर्कियो विवाद, नयाँ नेतृत्वका लागि तत्काल महाधिवेशनमा जानुपर्ने माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र फागुन २१ गतेको निर्वाचनमा भएको पराजयको

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का 

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा– यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा

हच सहरमा राष्ट्रिय फूल बगैंचा परियोजना सुरू, नेपाल-चीन सांस्कृतिक सहकार्यमा अर्को खुट्किलो

बेइजिङ- चीनको हच सहरस्थित मुतान जिल्लाको कूआन्यु पियोनी बगैंचामा ‘युनिभर्सल