प्रहरी अस्पतालमा संक्रमितलाई ठाउँ छैन, आईसीयु र भेन्टिलेटर भरिए « Khabarhub

प्रहरी अस्पतालमा संक्रमितलाई ठाउँ छैन, आईसीयु र भेन्टिलेटर भरिए


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी अस्पताल महाराजगञ्जका कोरोना संक्रमितका लागि छुट्याइएका आईसीयु, भेन्टिलेटर लगायत सबै वार्ड भरिएका छन् ।

अस्प्तालका प्रशासनका अनुसार अहिले १ सय ५५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । प्रशासन स्रोतका अनुसार अस्पतालमा रहेका ३० बेडको आईसीयु, २० बेडको भेन्टिलेटर र १० बेड एचडीयु सबै भरिएका छन् ।

अस्पतालका साधारण बेडसमेत भरिएपछि छेउमै बन्दै गरेको घरलाई सामान्य मर्मत गरेर ३५ जना सर्वसाधारण बिरामीलाई अक्सिजन उपलब्ध गराई  राखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार बेडसहितको उपचार कक्ष धमाधम बनाए पनि अक्सिजनको पर्याप्तता नभएकाले त्यहाँ पनि कठिनाई देखिएको छ । स्रोतका अनुसार ‘फर्स्ट लाइन ट्रिटमेण्टको आधारमा इमरजेन्सीमा सर्वसाधारणको समेत उपचार गरिएको छ ।’

नेपाल प्रहरीको उपत्यका बाहिरका अस्पतालमा पर्याप्त पूर्वाधार नभएकाले जटिल संक्रमितको उपचार हुन सकेको छैन । ती स्थानमा एक जना चिकित्सक भएकाले सामान्य बिरामीको अब्जर्भेसन र आइसोलेसनको काम मात्र भएको बताइन्छ ।

तिनलाई सामान्य उपचार गरेर पठाउने गरिएको छ। निमोनिया भइसकेकाको ती अस्पतालमा उपचार नहुने स्रोतले बताएको छ

बैशाख २६ गते अस्पताल भर्ना भएका सादा पोशाकमा रही काठमाडौं प्रहरी परिसरबाट अपराध अनुसन्धान हेर्ने डीएसपी राजकुमार केसीको आज बिहान १ बजे निधन भएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ६ : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै