कोरोना नियन्त्रणका लागि माओवादीले पार्टीको सबै समिति परिचालन गर्ने « Khabarhub

कोरोना नियन्त्रणका लागि माओवादीले पार्टीको सबै समिति परिचालन गर्ने


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा(माओवादी केन्द्र) ले कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि पार्टीको सबै समितिलाई परिचालित गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले कोरोना नियन्त्रणका लागि पार्टीका सबै पङ्क्ति परिचालित गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए । माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा कोभिड नियन्त्रण युनिट गठन गरेको छ ।

सो युनिटका सातै प्रदेश, सबै जिल्ला र सबै पालिका र वडामा आगामी पाँच दिनभित्र समिति गठन गर्ने र आवश्यक रूपमा परिचालन गर्ने निर्णय भएको स्थायी समिति सदस्यसमेत रहनु भएका नेता पुनले जानकारी दिए ।

ती समितिले सचेतना फैलाउने, बिरामीहरूलाई सहजीकरण गर्नेछ । यस्तै जनप्रतिनिधि, केन्द्र र प्रदेशसहितका निर्वाचित पदाधिकारी र पार्टी सदस्यकाबाट सहयोग जुटाएर कोभिड कोष खडा गर्ने निर्णय माओवादी केन्द्रले गरेको छ । त्यसबाट औषधी, उपकरण खरिद एवम् सङ्कलन गरी बढी प्रभावित क्षेत्रमा वितरण गरिनेछ । यस्तै, कोभिड–१९ रोकथाम, उपचार र नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामबारे प्रधानमन्त्रीको ध्यानकर्षण गराउने निर्णयसमेत बैठकले गरेको छ ।

माओवादी केन्द्रले प्रभावकारी काम नगरेको भन्दै सीसीएमसी खारेजीको माग गरेको नेता पुनले जानकारी दिनुभयो । “सीसीएमसीले काम गर्न सकेन, त्यसलाई संविधानले कानूनले पनि चिन्दैन ।

प्रधानमन्त्रीको नेतृत्वको विपद् व्यवस्थापन समिति या गृहमन्त्रीको नेतृत्वमा रहेको विपद् व्यवस्थापन प्राधिकरणलाई क्रियाशील बनाउनुपर्छ”, उनले भने ।

प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन पनि माओवादी केन्द्रले माग गरेको छ । यस्तै सो पार्टीले अत्यावश्यक बाहेकका राजनीति नियुक्ति रोक्न, अनुपयुक्त क्षेत्रको खर्च घटाएर कारोना नियन्त्रणमा परिचालन गर्न सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ६ : ३६ बजे

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको