नेपाल-भारत मैत्री अस्पतालमा १५ शय्याको कोभिड एचडीयू वार्ड सञ्चालन | Khabarhub Khabarhub

नेपाल-भारत मैत्री अस्पतालमा १५ शय्याको कोभिड एचडीयू वार्ड सञ्चालन


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लायन्स क्लब अफ काठमाडौँ समर्पणको सहयोगमा चावहिल, मित्रपार्कस्थित नेपाल-भारत मैत्री अस्पतालमा आजदेखि १५ शय्याको कोभिड एचडीयू वार्ड सञ्चालनमा आएको छ ।

लायन्स क्लब अफ काठमाडौँ समर्पणले दुईवटा हाईफ्लो मेशिन र छ वटा बाईप्याप मेसिन कोभिड बिरामीहरुका लागि नि:शुल्क रुपमा सेवा दिन अस्पताललाई प्रदान गरेको लायन्स समर्पणका अध्यक्ष श्री दीपक बंसलले जानकारी दिए ।

कोभिड १९ को दोस्रो लहरले नेपालमा पनि निकै कठिन अवस्था सिर्जना गरेको अहिलेको अवस्थामा अझै आवश्यकता अनुसार जीवन रक्षक उपकरणहरु [Life Saving Equipment’s] HDU वार्डमा उपलब्ध गराउने लायन्स समर्पणका उपाध्यक्ष लभेन्द्र सिंह मल्ल र सचिव अखिल अग्रवालले जानकारी दिएका छन् ।

लायन्स क्लब समर्पणसँग सहकार्य गरेर अझै नयाँ कोभिड वार्ड खोल्ने कार्यसमेत भईरहेको अस्पतालका प्रबन्ध निर्देशक पवन पाठकले जानकारी दिए ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ७ : २८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र