गृहमन्त्री थापाले मतदातालाई धन्यवाद भन्दै देवकोटालाई दिए बधाई « Khabarhub

गृहमन्त्री थापाले मतदातालाई धन्यवाद भन्दै देवकोटालाई दिए बधाई


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रिय सभा उपनिर्वाचनमा आफूलाई मतदान गर्ने मतदाताहरूलाई धन्यवाद दिएका छन् ।

बिहीबार भएको निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवार डा. खिमलाल देवकोटासँग पराजित भएका थापाले समाजिक सञ्जालमार्फत आफूलाई मतदान गर्ने तथा निर्वाचनमा सहभागी भएका वागमती प्रदेश सभाका सदस्यहरू, महानगरपालिका/उपमहानगरपालिका/नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका हुन् ।

साथै उनले विजयी उम्मेदवार देवकोटालाई बधाई पनि दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ आजको राष्ट्रिय सभा उपनिर्वाचनमा मलाई मतदान गर्नुहुने तथा सहभागी हुनुभएका बागमती प्रदेश सभाका माननीय सदस्यहरु, महानगरपालिका/ उपमहानगरपालिका/नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सबैमा हार्दिक आभार तथा धन्यवाद । विजयी उम्मेदवार डा.खिमलाल देवकोटालाई बधाई ।’

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ७ : ५७ बजे

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर