शिल्पाले नाभी देखाउदा अदालतमा मुद्धा « Khabarhub

शिल्पाले नाभी देखाउदा अदालतमा मुद्धा


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेत्री शिल्पा शेट्टी सुन्दर सुन्दरताका लागि लोकप्रिय छिन् । उनी विशेषत साडीमा सुन्दर देखिन्छिन् । तर एकपटक भने उनी साडीकै कारण समस्यामा परेकी छन् ।

बलिउड लाइफका अनुसार सन् २००५ मा शिल्पाले एक ‘अटो शंकर’ नामक कन्नड फिल्ममा अभिनय गरेकी थिइन् । यो फिल्म सुपरहिट साबित भएको थियो । फिल्मलाई तमिल, हिन्दी र मलयालममा पनि डब गरिएको थियो ।

फिल्मको हिन्दी नाम ‘शिल्पा द बिग डन’ राखिएको थियो । यो फिल्मको तमिल रिमेक रिलिज हुँदा शिल्पाको साडीयुक्त तस्वीर एक तमिल पत्रिकामा छापिएको थियो । तस्वीरमा शिल्पाको नाभी प्रष्ट देखिएको थियो ।

यो तस्वीरमा आपत्ति जनाउदै एक वकिलले अश्लीलता फैलाएको आरोपमा शिल्पाविरुद्ध अदालतमा मुद्दा दर्ता गराएका थिए । शिल्पालाई अदालतमा उपस्थित हुन आदेश दिए पनि उनी उपस्थित भइनन् ।

त्यसपछि अदालतले नै उनलाई पक्राउ वारेन्ट जारी गर्यो । शिल्पाको वकिलले दाबी पेश गर्दै शिल्पाको तस्वीर सेन्सर भएको फिल्मको फ्रीज शट भएको बताएका थिए ।

‘यो अलग्गै खिचिएको फोटो होइन । फिल्मकै एक तस्वीर हो । यसकारण अखबारमा छापिएको तस्वीरलाई अश्लील भन्न मिल्दैन’, वकिलको दाबी थियो ।

शिल्पाका लागि कैयौं प्रमाण पेश गरिए पनि शिल्पाले भने यो मुद्दातिर ध्यान दिइनन् ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १० : २० बजे

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार