शिल्पाले नाभी देखाउदा अदालतमा मुद्धा « Khabarhub

शिल्पाले नाभी देखाउदा अदालतमा मुद्धा


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेत्री शिल्पा शेट्टी सुन्दर सुन्दरताका लागि लोकप्रिय छिन् । उनी विशेषत साडीमा सुन्दर देखिन्छिन् । तर एकपटक भने उनी साडीकै कारण समस्यामा परेकी छन् ।

बलिउड लाइफका अनुसार सन् २००५ मा शिल्पाले एक ‘अटो शंकर’ नामक कन्नड फिल्ममा अभिनय गरेकी थिइन् । यो फिल्म सुपरहिट साबित भएको थियो । फिल्मलाई तमिल, हिन्दी र मलयालममा पनि डब गरिएको थियो ।

फिल्मको हिन्दी नाम ‘शिल्पा द बिग डन’ राखिएको थियो । यो फिल्मको तमिल रिमेक रिलिज हुँदा शिल्पाको साडीयुक्त तस्वीर एक तमिल पत्रिकामा छापिएको थियो । तस्वीरमा शिल्पाको नाभी प्रष्ट देखिएको थियो ।

यो तस्वीरमा आपत्ति जनाउदै एक वकिलले अश्लीलता फैलाएको आरोपमा शिल्पाविरुद्ध अदालतमा मुद्दा दर्ता गराएका थिए । शिल्पालाई अदालतमा उपस्थित हुन आदेश दिए पनि उनी उपस्थित भइनन् ।

त्यसपछि अदालतले नै उनलाई पक्राउ वारेन्ट जारी गर्यो । शिल्पाको वकिलले दाबी पेश गर्दै शिल्पाको तस्वीर सेन्सर भएको फिल्मको फ्रीज शट भएको बताएका थिए ।

‘यो अलग्गै खिचिएको फोटो होइन । फिल्मकै एक तस्वीर हो । यसकारण अखबारमा छापिएको तस्वीरलाई अश्लील भन्न मिल्दैन’, वकिलको दाबी थियो ।

शिल्पाका लागि कैयौं प्रमाण पेश गरिए पनि शिल्पाले भने यो मुद्दातिर ध्यान दिइनन् ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १० : २० बजे

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

काठमाडौँ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि

आजदेखि एसइई : पाँच लाख १२ हजार ४२१ विद्यार्थी सहभागी हुँदै

काठमाडौँ – आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा

अमेरिकी डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – आज २०८२ साल चैत १९ गते बिहीबार चैत