माधव समूहका निकृष्ट ‘अपराध’ले एकताको वातावरण धमिलियो : महासचिव पोखरेल « Khabarhub

माधव समूहका निकृष्ट ‘अपराध’ले एकताको वातावरण धमिलियो : महासचिव पोखरेल


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बाग्मती प्रदश राष्ट्रिय सभाको उपनिर्वाचनमा माधव नेपाल पक्षले देखिएको हर्कतले पार्टी भित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको बताताएका छन् ।

महासचिव पोखरेलले वक्तव्यमार्फत उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निकृष्ट र अक्षम्य रहेको भन्दै एमालेभित्र बनिरहेको एकताको वातावरण धमिलिएको बताएका हुन् ।

वक्तव्यमार्फत पोखरेलले भनेका छन्, ‘आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने, कर्णालीको प्रदेश सभामा फ्लोर क्रस गर्ने, लुम्विनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने , ‘सूर्य’ चिन्ह बाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरुको गोटी बन्ने तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्ने जस्ता निर्लज्ज र अपराधपूर्ण कामहरू कम्युनिष्ट आन्दोलन र संसदीयर लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय हुन् ।’

महासचिव पोखरेलले राष्ट्रिय सभा निर्वाचनको परिणामले एमाले विरोधी महा गठबन्धनको भन्दा एमालेका बलियो उपस्थिति रहेको र आउने चुनावहरुमा एमालेसँग सबै मिले पनि प्रतिस्पर्धा गर्न नसक्ने दाबी समेत गरेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १० : ३१ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन