माधव समूहका निकृष्ट ‘अपराध’ले एकताको वातावरण धमिलियो : महासचिव पोखरेल « Khabarhub

माधव समूहका निकृष्ट ‘अपराध’ले एकताको वातावरण धमिलियो : महासचिव पोखरेल


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बाग्मती प्रदश राष्ट्रिय सभाको उपनिर्वाचनमा माधव नेपाल पक्षले देखिएको हर्कतले पार्टी भित्र बनिरहेको एकताको वातावरण धुमिल बनाइदिएको बताताएका छन् ।

महासचिव पोखरेलले वक्तव्यमार्फत उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निकृष्ट र अक्षम्य रहेको भन्दै एमालेभित्र बनिरहेको एकताको वातावरण धमिलिएको बताएका हुन् ।

वक्तव्यमार्फत पोखरेलले भनेका छन्, ‘आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने, कर्णालीको प्रदेश सभामा फ्लोर क्रस गर्ने, लुम्विनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने , ‘सूर्य’ चिन्ह बाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरुको गोटी बन्ने तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्ने जस्ता निर्लज्ज र अपराधपूर्ण कामहरू कम्युनिष्ट आन्दोलन र संसदीयर लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय हुन् ।’

महासचिव पोखरेलले राष्ट्रिय सभा निर्वाचनको परिणामले एमाले विरोधी महा गठबन्धनको भन्दा एमालेका बलियो उपस्थिति रहेको र आउने चुनावहरुमा एमालेसँग सबै मिले पनि प्रतिस्पर्धा गर्न नसक्ने दाबी समेत गरेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १० : ३१ बजे

आशाका कालजयी गीतमा स्कुले बच्चादेखि वृद्धसम्म ‘छमछमी’

मोहनी लाग्ला है !‘वसन्त नै बस्न खोज्छ यहाँ’‘किन बढ्दैछ ढुकढुकी

उपसभामुखमा जिल्लिएपछि राप्रपा चर्कियो विवाद, नयाँ नेतृत्वका लागि तत्काल महाधिवेशनमा जानुपर्ने माग

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र फागुन २१ गतेको निर्वाचनमा भएको पराजयको

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का 

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा– यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा

हच सहरमा राष्ट्रिय फूल बगैंचा परियोजना सुरू, नेपाल-चीन सांस्कृतिक सहकार्यमा अर्को खुट्किलो

बेइजिङ- चीनको हच सहरस्थित मुतान जिल्लाको कूआन्यु पियोनी बगैंचामा ‘युनिभर्सल