सर्वोच्च अदालतको अन्तरिम आदेश संविधानको मर्म विपरित : प्रभु साह « Khabarhub

सर्वोच्च अदालतको अन्तरिम आदेश संविधानको मर्म विपरित : प्रभु साह


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निवर्तमान मन्त्री प्रभु शाहले सर्वोच्च अदालतको अन्तरिम आदेश संविधानको मर्म विपरित भएको बताएका छन् ।

नेपालको संविधानमा प्रत्यक्ष सांसदको पद रिक्त भएमा ६ महीना भित्र उप निर्वाचन गराउनै पर्ने र ग़ैर सांसद मन्त्री भएमा मन्त्रीको शपथ ग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसदको सदस्य हुनै पर्ने स्पष्ट संवैधानिक व्यवस्थाका बावजुद आज सर्वोच्च अदालतले जुन अन्तरिम आदेश दिएको छ, त्यो संविधानको मर्म/भावना विपरित भएको बताएका छन् ।

उनले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदको पद रिक्त भएमा ६ महिनाभित्र चुनाव गराउनै पर्ने संवैधानिक व्यवस्थाहरुलाई नजरअन्दाज गर्दै अदालतले ७ जना मन्त्रीहरुको हकमा लागू हुनेगरी “मन्त्रीको हैसियतमा कुनैपनि काम नगर्नू, न गराउनू” भनी दिएको अन्तरिम आदेश त्रुटीपूर्ण रहेको बताएका छन् ।

उनले आगामी दिनमा सर्वोच्च अदालतले यस्ता त्रुटीहरु सच्याउने आफूले विश्वास लिएको जनाएका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  १० : ५३ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन