संसदबाट भागेर ओली चुके : डा. चन्द्रकान्त ज्ञवाली « Khabarhub

संसदबाट भागेर ओली चुके : डा. चन्द्रकान्त ज्ञवाली


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संविधानविद डाक्टर चन्द्रकान्त ज्ञवालीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको नयाँ सरकार गठनको आह्वान गनूपूर्व संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको बताएका छन् ।

खबरहबसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने र पाउन नसके राजीनामा दिएको अबस्थामा मात्रै अर्को धाराअनुसारको सरकार गठनका लागि आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको बताए ।

उनले भने,‘पहिलो त विश्वासको मत लिन जानुपर्‍यो । ३० दिनभित्र विश्वसको मत लिनुपर्नेछ भनेको सक्ने चाहेमा लिने वा नलिने भन्ने होइन । संवैधानिक दायित्व हो । प्रधानमन्त्री संसदबाट भाग्न सक्नु हुन्न । संसदीय शासनपद्धतिमा सरकारलाई संसदबाटै नियन्त्रण गर्ने हो । सरकार संसदमा गएर विश्वासको मत लिनका लागि हो । पहिलो काम नै चुक्नुभयो ।’

संविधानको व्यवस्थाअनुसारको विश्वासको मत नलिनु भनेको संविधानकै उल्लंघन भएको उनले बताए । उनले भने,‘संविधानको बाध्यकारी व्यवस्था नमान्नु भनेको जनताले बनाएको संविधानको उल्लंघन हो ।’

प्रधानमन्त्रीले राजनीतिक आधार नदेखे संसदभित्र नगएर राजीनाम दिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘विश्वासको मतमा फेल हुँदा र राजीनामा गर्दा पद रिक्त हुने अबस्था हो । हैन भने अहिलेको अबस्थामा ७६ (५) सक्रिय हुन सक्दैन ।, त्यो लागू हुनसक्दैन । विश्वासको मत असफल हुँदा र राजीनामा दिएको अबस्थामा मात्रै संविधानको धारा ७६ को ५ अनुसारको प्रक्रिया शुरु हुने हो ।’

संविधानअनुसार नहुँदा राष्ट्रपतिले समेत रोक्न सक्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘संविधानमा लेखेको कुरा कालो अक्षर भयो । प्रधानमन्त्रीले प्रक्रियालाई अभ्यास गर्नुभएन । राष्ट्रपतिले पनि चेक गर्नुपर्छ । संवैधानिक राष्ट्रपतिले पनि विश्वासको मत लिन वा राजीनामा देउ भनेर रोक्नुपर्ने थियो । सचेत गराउनुपर्ने थियो ।’

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ११ : १५ बजे

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद