महामारीमा मध्यावधि चुनाव गर्ने कि जनताको स्वास्थ्यमा ध्यान दिने ? : रामकुमारी झाँक्री « Khabarhub

महामारीमा मध्यावधि चुनाव गर्ने कि जनताको स्वास्थ्यमा ध्यान दिने ? : रामकुमारी झाँक्री


६ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेकी नेता रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्न प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार पेश गर्न गरेको आह्वानको विरोध गरेकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपतिले नयाँ सरकार गठनका लागि गरेको आह्वानको विरोध गरेकी हुन् ।

‘संबिधानको धारा ७६(३) को प्रधानमन्त्रीले ३० दिन भित्र अनिवार्य ७६(४) अनुसार विश्वासको मत लिनुपर्छ । यदि प्रधानमन्त्रीलाई संसदले विश्वासको मत दिन्न भन्ने लाग्छ भने प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्छ । र बल्ल अर्को सरकार बन्ने आधार बन्छ । एउटा प्रधानमन्त्री हुँदाहुँदै अर्को सरकारको आह्वान गर्नु राष्ट्रपतिले पदीय मर्यादा कायम गर्न नसक्नु हो, संबिधानको उल्लंघन हो । संबिधानको व्यवस्था कुल्चने अधिकार न राष्ट्रपतिलाई छ न प्रधानमन्त्रीलाई । हाम्रो देशको राष्ट्रप्रमुख संबिधानको संरक्षक र कानुनको परिपालक हो ।’ झाक्रीले फेसबुकमा लेखेकी छन्, ‘ संसदबाट अर्को सरकार बन्ने अवसर समेत नदिई मिलेमतोमा संसद विघटन र मध्यावधि चुनाव गर्न चाहने प्रधानमन्त्रीको कदम यो महामारीमा खोप, अस्पताल, औषधि, बेड, अक्सिजन, ICU, Ventilator, नपाएका जनताको पिडा कहाँ जोडिन्छ ? महामारीमा मध्यावधि चुनाव गर्ने हो कि ? जनताको स्वास्थ्यमा ध्यान दिने हो ? जवाफदेही हुनुपर्दैन ?

प्रकाशित मिति : ६ जेठ २०७८, बिहीबार  ११ : ४८ बजे

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा