युरोकपमा आज दुई खेल, कसको भिडन्त को सँग ? « Khabarhub

युरोकपमा आज दुई खेल, कसको भिडन्त को सँग ?


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  युरोकप फुटबलमा आज दुई खेल हुँदैछन् ।

समूह चरण अन्तर्गत आज समूह ‘ए’ का इटाली र वेल्स तथा स्वीट्जरल्याण्ड र टर्की भिड्ने छन् । दुबै खेल एकै समयमा हुनेछ ।

रोममा घरेलु टिम इटालीले वेल्ससँग प्रतिस्पर्धा गर्नेछ । इटाली र वेल्सबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

आज इटाली लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ । अघिल्ला दुई खेलमा जित निकालेको इटाली नकआउट चरणमा प्रवेश गरिसकेको छ । इटाली तेस्रो खेल जित्दै समूह विजेता बन्न चाहन्छ ।

इटालीले २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ । यस्तै दोस्रो खेलमा टर्कीलाई र दोस्रो स्वीट्जरल्याण्डलाई इटालीलेल समान ३-० गोलले पराजित गरेको थियो ।

वेल्स भने इटालीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । वेल्सका लागि यस खेल महत्वपूर्ण रहेको छ । वेल्सले २ खेलमा ४ अंक जोडेको छ । वेल्स समूहको दोस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा स्वीट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २-० गोलले पराजित गरेको थियो ।

यसै समूहको अर्को खेलमा स्वीट्जरल्याण्ड र टर्कीबीच खेल हुनेछ । बाकुमा हुने खेल राति ९:४५ बजे सुरु हुनेछ ।

आज स्वीट्जरल्याण्ड पहिलो जितको खोजीमा हुनेछ । जित निकाल्दै स्वीट्जरल्याण्ड नकआउट चरणको ढोका खेल्न चाहन्छ । स्वीट्जरल्याण्ड २ खेलमा १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा वेल्ससँग बराबरी खेलेको स्वीट्जरल्याण्ड दोस्रो खेलमा इटालीसँग पराजित भएको थियो । टर्की भने पहिलो अंकको खोजीमा हुनेछ । समूहको पुछारमा रहेको टर्कीले अंक जोड्न सकेको छैन ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ७ : २५ बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात