यस्तो छ अमेरिकामा ग्रिनकार्ड पाउन लाग्ने अवधि र फाइल गर्न पाउने मिति « Khabarhub

यस्तो छ अमेरिकामा ग्रिनकार्ड पाउन लाग्ने अवधि र फाइल गर्न पाउने मिति


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जारी गरेको जुलाई महिनाको नयाँ भिसा बुलेटिनमा विभिन्न श्रेणीमा ग्रिनकार्ड पाउन लाग्ने अवधि र ग्रिनकार्ड फाइल गर्न पाउने मिति उल्लेख गरिएको छ ।

बुलेटिमा उल्लेख भएअनुसार ग्रिनकार्ड फाइल गर्ने व्यक्ति अमेरिकामा नै रहेको खण्डमा प्राथमिकता मितिका आधारमा स्टाटस एड्जस्टका लागि आई ४८५ फाइल गर्न सक्छन् । अमेरिकाबाहिर हुनेहरुका सन्दर्भमा भिसा बुलेटिनका आधारमा आफ्नो ग्रिनकार्डका लागि लाग्ने अवधि थाहा पाउन सक्छन् ।

अमेरिकन नागरिकका २१ बर्षमाथिका अविवाहित छोराछोरीका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि अहिले झण्डै ६ बर्ष ९ महिना रहेको भिसा बुलेटिनमा उल्लेख छ । अर्थात् यो श्रेणीमा नोभेम्बर १५, २०१४ भन्दा अगाडि आवेदन दिएकाहरुले जुलाई महिनामा ग्रिनकार्ड पाउन सक्नेछन् ।

तर अमेरिकाभित्रै रहेको खण्डमा १५ मे २०१६ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले जुलाईमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न सक्छन् । जुनको भिसा बुलेटिनको तुलनामा यो अवधि झण्डै साढे २ महिना घटेको छ ।

त्यस्तै ग्रिनकार्डबाहकका दम्पत्ति र २१ बर्ष ननाघेका छोराछोरीहरुका लागि जुलाई महिनामा पनि भिसा करेन्ट रहेको छ । अमेरिकामा हुनेहरुले आई १३० आवेदनका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न जुनमा पनि प्रतिक्षा गर्नुपर्दैन, एकसाथ फाइल गर्न सक्छन् । अमेरिकाबाहिर हुनेहरुको सन्दर्भमा नेशनल भिसा सेन्टरले भिसाको प्रतीक्षा नगरी सरासर प्रक्रिया अगाडि बढाउँछ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ९ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै