आफूनिकटका केन्द्रीय सदस्यसँग छलफलमा कांग्रेस सभापति देउवा | Khabarhub Khabarhub

आफूनिकटका केन्द्रीय सदस्यसँग छलफलमा कांग्रेस सभापति देउवा


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका केन्द्रीय सदस्यहरूसँग छलफल थालेका छन् ।

आगामी महाधिवशेनमा पनि सभापति उठ्ने बताएका देउवाले त्यसैको तयारीस्वरूप निकट नेताहरूसँग छलफल थालेको बुझिएको छ ।

बिहान १० बजेदेखि बुढानिलकण्ठस्थित निवासमा देउवाले वाग्मती प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरिरहेका छन् ।

बैठकमा सिटौला निकट मानिने कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाँई  पनि सहभागी भएका छन् । आजै देउवाले अपराह्न ३ बजे गण्डकी प्रदेशका केन्द्रीय सदस्यसँग पनि छलफल गर्दैछन् । शनिबार उनले प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यसँग छलफल गरेका थिए ।

कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा १४ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  १० : ३० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको