दलित भएकै कारण एक युवतीलाई कोठा नदिएको आरोपमा घरबेटी पक्राउ | Khabarhub Khabarhub

दलित भएकै कारण एक युवतीलाई कोठा नदिएको आरोपमा घरबेटी पक्राउ


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तल्लो जात भनेर एक युवतीलाई कोठा भाडामा नदिएको आरोपमा काठमाडौँ बबरमहलकी एक घरबेटी पक्राउ परेकी छन् ।

काठमाडौँ बबरमहल निवास सरस्वती प्रधानलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध २४ वर्षीया पत्रकार रुपा सुनारले गत बिहीबार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएकी थिइन् ।

सोही वृत्तबाट गएको प्रहरीले ५८ वर्षीया प्रधानलाई पक्राउ गरेको डीएसपी रमेश बस्नेतले बताए । उनीसँग अहिले प्रहरीले सोधपुछ गरिरहेको छ ।

प्रहरीले घरबेटी प्रधानविरुद्ध गत शुक्रबार जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको बताइएको छ । प्रधानविरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार जाहेरी दिइएको छ ।

रुपाका अनुसार घरबेटी प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेकी थिइन् । दलित समुदायको भन्ने थाहा पाएपछि भने भाडा दिन इन्कार गरेको रुपाले जाहेरीमा उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  २ : २० बजे

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार