लुम्बिनीमा विपक्षी गठबन्धनद्वारा प्रदेशसभा बैठक बहिस्कार « Khabarhub

लुम्बिनीमा विपक्षी गठबन्धनद्वारा प्रदेशसभा बैठक बहिस्कार


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– अल्पमतमा परेको सरकारले ल्याएको बजेटलाई सहयोग गर्न नसक्ने भन्दै लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले प्रदेशसभाको बैठक बहिष्कार गरेको छ ।

आइतबार बसेको बैठक शुरू हुनसाथ काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले सरकार वैद्य कि अवैध पहिला छुट्याउनुपर्ने बताए । उनले सरकार अल्पमतमा परेको भन्दै त्यस्तो सरकारले ल्याएको बजेट पास हुन नदिने जिकिर गरे ।

उनले प्रदेशको समृद्धिका लागि बजेट नआएको आरोप लगाए । मुख्यमन्त्रीले कार्यकर्ता पाल्ने गरि बजेट ल्याएको आरोप उनको छ ।

कनौडियाले सरकारले नै संघीयतालाई अधिकारबिहीन बनाएको भन्दै प्रदेश सरकारले पनि प्रदेश सांसदहरुलाई भूमिकाबिहीन बनाएर बजेट ल्याउनु दुखद भएको बताए । मनपरी रुपमा आएको बजेटको स्वामित्व आफूहरुले लिन नसक्ने र समर्थन पनि हुन नसक्ने भन्दै सहयोग गर्न नसक्ने उनले बताए ।

उनले बजेटमा त्रुटी भएका ठाँउमा सच्चाएमात्र सहयोग गर्न सक्ने स्पष्ट पारे । विपक्षी दलले बैठक बहिष्कार गरेपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक स्थगित गरे ।

लुम्बिनीमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरलको नियुक्तिको वैधानिकतामाथि निरन्तर प्रश्न उठाउँदै आएका छन् । उनीहरुले जेठ १९ गते प्रदेश प्रमुखबाट पोखरेल नियुक्त भएपनि विश्वासको मत लिनुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ४ : १५ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र