प्रजातन्त्रका सेनानी ठाकुरकी श्रीमती मञ्जुलाई प्रदेश प्रमुख डा. अहिराजले गरे सम्मान « Khabarhub

प्रजातन्त्रका सेनानी ठाकुरकी श्रीमती मञ्जुलाई प्रदेश प्रमुख डा. अहिराजले गरे सम्मान


६ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश २ प्रमुख डा. राजेश अहिराजले प्रजातन्त्र सेनानी अरविन्द ठाकुरकी श्रीमती मञ्जु ठाकुरलाई सम्मान गरेका छन् ।

जिउदो शहीदको उपमा पाएका ठाकुरकी श्रीमती मञ्जुलाई उनकै निवासमा पुगेर प्रदेश प्रमुख अहिराजले दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

सो अवसरमा मञ्जुले श्रीमानको योगदानलाई युवा पुस्तासम्म पुर्‍याउन उनको शालिक र जनकपुरको विमान स्थलको नाम उनकै नामबाट राख्न आग्रह गरेकी थिइन् ।

अरविन्द ठाकुर प्रजातन्त्रका सेनानी समेत थिए । उनले साथी दुर्गानन्द झासँग मिलेर २०१८ माघ ९ मा जनकपुरमा राजा महेन्द्रको गाडीमा बम आक्रमण गर्ने योजना बनाएका थिए ।

सोही आरोपमा झालाई मृत्युदण्ड दिइएको थियो भने ठाकुरलाई आजीवन कारावासको सजाय तोकिएको थियो । अन्तर्राष्ट्रिय दववापश्चात ठाकुर १६ वर्षछि २०३४ असोजमा रिहा भएका थिए ।

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ७ : १४ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र