अभिनेत्री शिल्पाका पति राज पक्राउ « Khabarhub

अभिनेत्री शिल्पाका पति राज पक्राउ


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक जागरण)– बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्र अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका छन् । उनीमाथि अश्लील फिल्म बनाउने कामसँगै केही एप्समा ती फिल्म राख्ने गरेको आरोप लागेको छ ।

क्राइम ब्राञ्च मुम्बईले सन् २०२१ को फेब्रुअरीमा उनीमाथि अश्लील फिल्म बनाएको र केही एप्समा प्रसारण गरेको उजुरी परेपछि पक्राउ गरिएको जनाएको छ ।

प्रहरीले राज संलग्न रहेको आफूहरुसँग पर्याप्त प्रमाण भएका आधारमा पक्राउ गरेको जनाएको छ । सोमबार राजलाई मुम्बई प्रहरीको अपराध शाखाको सम्पत्ति प्रकोष्ठमाझ उपस्थित गराइएको थियो ।

राज यसअघि कैयौं पटक विवादमा आइसकेका छन् । यसअघि मोडल र अभिनेत्री पुनम पाण्डेले राज र उनका सहयोगीविरुद्ध बम्बई उच्च अदालतमा उजुरी दिएकी थिइन् ।
राजको कम्पनीले आफ्नो तस्वीरलाई गलत रुपमा प्रयोग गरेको आरोप पुनमले लगाएकी थिइन् । उनले पुनमको आरोपको खण्डन गर्दै आफूले पोर्न फिल्म बनाउने काम छोडिसकेको दाबी गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ११ : २५ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

रास्वपा सरकारको १०० बुँदे कार्यसूची: कहाँ छुटे चुनावी बाचाका स्वास्थ्य एजेन्डा ?

काठमाडौँ – पछिल्ला दुई दशकमा नेपालले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा