सर्तसहित कक्षा १२ को परीक्षा सञ्चालन गर्न सीसीएमसीको अनुमति | Khabarhub Khabarhub

सर्तसहित कक्षा १२ को परीक्षा सञ्चालन गर्न सीसीएमसीको अनुमति


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विभिन्न सर्तसहित कक्षा १२ को वार्षीक परीक्षा सञ्चालनको अनुमति दिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले गत असार तेस्रो साता शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग कक्षा १२ को वार्षीक परीक्षा सञ्चालनको अनुमति मागेको थियो ।

त्यसपछि मन्त्रालयले बोर्डको उक्त प्रस्तावलाई सीसीएमसी समक्ष पेश गरेको थियो । मन्त्रालयले गरेको पेशका आधारमा सीसीएमसीले विभिन्न सर्तसहित परीक्षा सञ्चालनको अनुमति दिएको हो ।

परीक्षा केन्द्रमा परीक्षार्थीलाई जेड आकारमा कम्तिमा दुई मिटरको दूरी बनाएर राख्नु पर्ने, स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्नेलगायत विभिन्न सर्तसहित परीक्षा सञ्चालनको अनुमति दिएको सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले बताए ।

परीक्षा सञ्चाालनको अनुमति पाएको बोर्डले भने यही महीनाभित्र परीक्षा सञ्चालनको तयारी गरिरहेको छ ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले सीसीएमसीबाट परीक्षा सञ्चालनको अनुमति पाइसकेको र परीक्षा सञ्चालनको विषयमा बोर्डले चाँडै निर्णय गर्ने बताए ।

उनका अनुसार बोर्डले कक्षा १२ को परीक्षा यही महीनाभित्र सञ्चालन गर्ने गरी तयारी गरिरहेको छ ।

यसअघि गत जेठ महीना तय भएको कक्षा १२ को वार्षीक परीक्षा कोरोना महामारीको दोस्रो लहरबाट उत्पन्न परिस्थितिले स्थगित भएको थियो । अघिल्लो वर्ष ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिएको बोर्डले यस वर्ष भने १०० पूर्णाङ्कको नै परीक्षा लिने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १२ : २९ बजे

युक्रेनले युरोपेली कोषमार्फत ९० अर्ब डलरको अमेरिकी हतियार खरिद गर्ने जेलेन्स्कीद्वारा पुष्टि

वाशिङ्टन- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले सोमबार युक्रेनले आफ्नो सुरक्षा ग्यारेन्टीको

भारतको आवश्यकतामा चीनले सहयोग गर्ने

नयाँ दिल्ली- चीनले भारतका तीन प्रमुख चिन्ताहरू – दुर्लभ खनिज

जेलको बासले रविलाई पुगेन भिटामिन ‘डी’, नख्खु पुगे डाक्टर

काठमाडौं– सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्ने

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही अगस्टको अन्त्यमा चीन

राजेन्द्र बजगाईं भन्छन्- सिग्नेचर गर्ने हो, उपसभामुखलाई हटाउने पक्षमै छौँ

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आफूहरू उपभामुख इन्दिरा रानामगरलाई