हत्या आरोपमा पाँच जना पक्राउ « Khabarhub

हत्या आरोपमा पाँच जना पक्राउ


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको खडक नगरपालिका–९ का ७० वर्षीय दाउद मियाँको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

हत्या आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका–९ का ३२ वर्षीय नजबुल मियाँ, सोही ठाउँका ६० वर्षीय रफु भनिने रफुवा मियाँ, ४२ वर्षीय इजराइल मियाँ, ५५ वर्षीय वालिस भनिने कालिस मियाँ र उनका छोरा ३२ वर्षीय जाकिर मियाँलाई पक्राउ गरेको सप्तरी प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीमा भएको ठगीका कारण उत्पन्न विवादका क्रममा गत शुक्रबार दाउदको हत्या भएको थियो।

घटनापछि फरार अभियुक्तहरुलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय कल्याणपुरका उमाशङ्करप्रसाद साह, इलाका प्रहरी कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवान र इलाका प्रहरी भेडियाका प्रहरी नायब निरीक्षक सागिर राइनको टोलीले विशेष सुराकीका आधारमा उनीहरुलाई पक्राउ गरेको जनाइएको छ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १ : ४८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु