एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे विप्लव « Khabarhub

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगे विप्लव


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) बीच भेटवार्ता भएको छ ।

भेटका लागि महासचिव चन्द, नेताहरू खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र धमेन्द्र बाँस्तोलालाई लिएर ओली निवास बालकोटमा पुगेका थिए ।

उक्त भेटमा एमालेका नेता राजन भट्टाराई पनि सहभागी थिए । उनका अनुसार विप्लव समूहका नेताहरुले हिजो जे सहमति गरेर आएका हौँ, त्यसअनुसार नै अगाडि बढ्न चाहन्छौँ भनेका थिए ।

विप्लव समूहले १ फागुन २०७७ मा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनमा ढिला भएको गुनासो गरेको थियो ।

कानूनी जटिलता र त्यसलाई फुकाउने क्रममा अगाडि बढ्दै जाँदा समय नपुगेकाले सहमति कार्यान्वयनमा ढिला हुन गएको जवाफ दिएको नेता भट्टराईले बताए ।

छलफलका क्रममा अहिले एमाले विपक्षमा रहे पनि उक्त सहमतिबारे आफ्नो धारणा एक रहने बताएको ओलीलाई उद्धृत गर्दै उनले बताए ।

यसअघि, विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका केन्द्रीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूलाई भेटवार्ता गरेका थिए ।

उक्त भेटमा विप्लवले नेता धर्मेन्द्र बास्तोलालाई साथमा लिएरका गएका थिए भने ओलीसँगको भेटमा अर्का नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई पनि सँगै लगेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  २ : ०४ बजे

कोशीमा सत्तासहकार्य टुटेपछि कांग्रेसले समर्थन फिर्ता लियो

विराटनगर- कोशी प्रदेशमा सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन

भन्सार छली गरी ल्याएको सुनसहित एकजना पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-१ बाट भन्सार छली गरी ल्याएको ८१ ग्राम ८

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं– भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको  छ ।

कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा रास्वपाको विधान संशोधन कार्यदल गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको अनौपचारिक बैठकले

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्