माधव नेपालले बोलाए आफू पक्षका सांसदको भेला « Khabarhub

माधव नेपालले बोलाए आफू पक्षका सांसदको भेला


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षका सांसदहरूको भेला बोलाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछिको परिस्थिति र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न नेता नेपालले भेला बोलाएका हुन् ।

छलफलका लागि बोलाइए पनि कुन समय र ठाउँबारे भने नबताइएको एक सांसदले बताए ।

भेलामा पार्टीले सोधेको स्पष्टीकरण र प्रधानमन्त्रीलाई दिइएको विश्वासको मतपछिको परिवर्तित राजनीतिक अवस्थाको बारेमा छलफल हुन सक्ने ती सांसदको भनाइ छ ।

आजै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेका वरिष्ठ नेता माधव नेपालसँग भेटेर सरकार विस्तार र सञ्चालनबारेमा छलफल गरेकाले नेपालले सांसदहरूबाट यस विषयमा पनि राय लिने बुझिएको छ ।

देउवालाई नेपाल पक्षका २२ सांसदले विश्वासको मत दिएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ३ : ०० बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने