९ अंकले घट्यो नेप्से, ७ अर्बको कारोबार « Khabarhub

९ अंकले घट्यो नेप्से, ७ अर्बको कारोबार


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव १० अंकले घटेर २,९८५ दशमलव ५७ अंकको विन्दुमा कायम भएको छ ।

आज दिनभरमा २१९ वटा कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अरुण काबेली पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ३८ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावर कम्पनीको २६ करोड ९८ लाख, नेपाल इन्स्योरेन्स कम्पनीको २४ करोड १८ लाख, एनआइसी एशिया बैंकको २३ करोड ४९ लाख, कृषि विकास बैंकको २२ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै लक्ष्मी उन्नती कोष र लक्ष्मी इक्यिुटी फण्डका इकाईधनी र बरुण हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

आज सबैभन्दा धेरै आईसीएफसी फाइनान्स कम्पनीका इकाई धनी र नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ४ : १० बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक