चिनियाँ जहाजले फोहोर फालेको विषयमा फिलिपिन्सले अनुसन्धान गर्ने « Khabarhub

चिनियाँ जहाजले फोहोर फालेको विषयमा फिलिपिन्सले अनुसन्धान गर्ने


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिलिपिन्सका रक्षामन्त्रीले मंगलबार सेनालाई सयौं चिनियाँ जहाजले दक्षिण चीन सागरको प्रतिस्पर्धी क्षेत्रमा फोहोर फाल्ने गरेको संयुक्त राज्यको एक टेक कम्पनीले गरेको रिपोर्ट अनुसन्धान गर्न आदेश दिएका छन् ।

फिलिपिन्स, ब्रुनेई, ताइवान, भियतनाम र मलेसियाले पनि दाबी गरेको स्प्राटली टापुमा रहेका सयौंसहित चीनले दक्षिणी चीन सागरमा कोस्ट गार्ड र माछा मार्ने डुंगाको उपस्थिति निरन्तर भएको पाइएको छ ।

सिमुलेरिटी, एआईमा आधारित उपग्रह छवि विश्लेषणका अनुसार सोमबार सार्वजनिक पाँच वर्षको अवधिमा सार्वजनिक स्याटेलाइट तस्बिरहरुले चिनियाँ जहाजहरूबाट मानवीय फोहार फालिरहेको पाइएको छ ।

फिलिपिन्स प्रतिरक्षा सचिव डेलफिन लोरेन्जानाले एक विज्ञप्तिमा भने, “जब हामी यी फोहोर फालिएको पुष्टि र प्रमाणित गर्दैछौं । हामी त्यस्तो गैरजिम्मेवारपूर्ण कार्यलाई क्षेत्रको समुद्री इकोलोजीलाई गम्भीर हानिकारक ठान्छौं ।”

“दक्षिण चीन सागरमा रहेका राज्यहरुका विरोधाभासी दाबीहरु र चासोको बाबजुद सबै राष्ट्रहरु हाम्रो प्राकृतिक स्रोत र वातावरणको जिम्मेवार हुनै पर्छ,” सोमबार एक फोरममा, सिमुलिटीका सहसंस्थापक र सीईओ लिज डेरले भने, “फोहोरले माछालाई खतरामा पार्न सक्छ ।”

मनिलामा चिनियाँ दूतावासले भने यस विषयमा कुनै प्रतिक्रिया गरेको छैन । यस वर्ष दक्षिण चीन सागरमा तनाव बढेको छ र मनिलाले बेइजिङका जहाजलाई तर्साउने र फिलिपिन्सको माछा मार्ने डुंगामा लागि समुद्री सेना पठाउने आरोप लगाएको आरोप लगाएको छ ।

स्रोत : सीएनएन

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ४ : ३८ बजे

कन्सर्टका लागि भारतीय गायक नवजोत काठमाडौंमा

काठमाडौं – चर्चित भारतीय गायक नवजोत आहुजा कन्सर्टका लागि काठमाडौं

रास्वपा बैठकमा उठ्यो प्रश्न- ग्यासको आपूर्ति बढाउँदा पनि किन अभाव देखियो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सांसदहरुले वैशाख महिनामा बजारमा करिब २२ लाख

अझै सुरु भएन प्रतिनिधिसभा बैठक

काठमाडौं– प्रतिनिधिसभाको आज दिउँसो १ बजेका लागि निर्धारित बैठक अझै

कोशीमा सत्तासहकार्य टुटेपछि कांग्रेसले समर्थन फिर्ता लियो

विराटनगर- कोशी प्रदेशमा सत्तासमीकरण फेरिएसँगै नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन

भन्सार छली गरी ल्याएको सुनसहित एकजना पक्राउ

कैलाली– धनगढी उपमहानगरपालिका-१ बाट भन्सार छली गरी ल्याएको ८१ ग्राम ८