जसपा संसदीय दलको विधान सर्वसम्मतिले पारित « Khabarhub

जसपा संसदीय दलको विधान सर्वसम्मतिले पारित


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको विधानलाई सर्वसम्मतिले पारित गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको जसपा संसदीय दलको बैठकले संसदीय दलको विधान २०७८ को विधान पारित गरेको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

बैठकमा विधान मस्यौदा प्रस्तुत भई छलफल भएको र आएका सुझावहरु समेतलाई समावेश गरी संघीय संसदीय दलको विधान २०७८ पारित गर्ने निर्णय गरेको उनले बताए ।

यादवले संसदीय दलको बैठकबाट पारित विधानलाई अनुमोदनका लागि केन्द्रीय कार्यसमितिमा पठाउने निर्णय भएको जानकारी दिए ।

दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाउने उनले बताए ।

बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षका करीब दुई दर्जन सांसदहरुको उपस्थिति थियो ।

संसदीय दलका जेष्ठ सदस्य महिन्द्रराय यादवको अध्यक्षतामा बसेको बैठकमा २२ जना सांसद उपस्थित थिए । ३२ सांसद रहेको जसपा दुई समूहमा विभाजित छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ५ : ३५ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले