प्रचण्ड र नेपालले एमाले विभाजन गर्न खोजे : महेश बस्नेत « Khabarhub

प्रचण्ड र नेपालले एमाले विभाजन गर्न खोजे : महेश बस्नेत


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।

राष्ट्रिय युवा संघ अन्तरजिल्ला विशेष प्रदेशको विस्तारित भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले देशी विदेशी शक्तिसँग मिलेर प्रचण्ड र नेपालले एमाले विभाजन गर्न खाजेको बताएका हुन् ।

एमालेलाई सत्ताबाट हटाउने षडयन्त्रमा एमालेकै सांसदहरु सहभागी भएका कारण षडयन्त्र तोड्न नसिकएको उनले बताए । उनले केपी ओलीको साढे तीन वर्ष लामो सरकारले मुलुकका लागि धेरै काम गरेको जिकिर गरे ।

बस्नेतले आगामी निर्वाचनमा एमालेलाई सशक्त बनाएर पुन: सरकारमा आउने बताए । उनले पार्टीभित्र रहेर पार्टीविरुद्ध लाग्ने सांसदहरुलाई कडा कारवाही हुने बताए ।

त्यसअघि भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी छाड्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ५ : ५० बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले