कक्षा १२ का परीक्षार्थीलाई सीसीएमसीको ९ बुँदे स्वास्थ्य मापदण्ड | Khabarhub Khabarhub

कक्षा १२ का परीक्षार्थीलाई सीसीएमसीको ९ बुँदे स्वास्थ्य मापदण्ड


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनका लागि ९ बुँदे स्वास्थ्य मापदण्ड तयार पारेको छ ।

सीसीएमसीले विभिन्न ९ बुँदे स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न  राष्ट्रिय परीक्षा बोर्डलाई अनुमति दिएको हो ।

कोरोना संक्रमित परीक्षार्थीहरुका लागि बेग्लै कोठमा परीक्षा दिने व्यवस्था मिलाउनुका साथै प्रत्यक प्ररीक्षार्थीहरुको भौतिक दुरी दुई मिटर हुनुपर्ने सीसीएमसीले जनाएको छ ।

यस्ता छन् परीक्षा सञ्चालन गर्दा अपनाउनुपर्ने मापदण्ड 

  • नेपाल सरकारले तोकेका कोभिड–१९ सम्बन्धि जनस्वास्थ्यका मापदण्ड पूर्णतः पालना गरी परीक्षा सञ्चालन गर्र्ने गराउने ।
  • परीक्षा समबन्धित डीसिएमसीको समन्वयमा सञ्चालन गर्ने ।
  • परीक्षा केन्द्रमा कम्तिमा २ मिटरको दुरी कामय गरी जेड आका।मा परीक्षार्थीहरु राख्ने गरी सिट प्लान गर्ने ।
  • परीक्षा केन्द्रमा परीक्षा सञ्चालन समय भन्दा १ घण्टा ३० मिनेट अगाडि प्रवेश शुरु गराई लाईनमा हुन सक्ने भिड न्यूनिकरण गर्ने।
  • सबै संकायको परीक्षा एउटै दिन र समयमा नराखरी फरक फरक संकायका परीक्षा फरक दिन र समयमा सञ्चालन गर्ने व्यवस्था गर्न उपयुक्त हुने ।
  • केस अनुसन्धान र सम्पर्ककको सहजताको लागि प्रत्येक परीक्षार्थीलाई पहिलो दिनको परीक्षा शुरु हुन अगाडि सीआईसीटी फारम भर्न लगाई संकलित फारम सम्बन्धित डीसीएमसीलाई उपलब्ध गराउने ।
  • कोभिड–१९ संक्रमित परीक्षार्थीहरुको हकमा अरु सामान्य परीक्षार्थीहरुको परीक्षा शुरू भएको ३० मिनेटपछि मात्र प्रवेश गराई अरुको परीक्षा सकिएको ३० मिनेटपछि परीक्षाबाट निस्कने व्यवस्था मिलाउने यस्ता परीक्षर्थीहरुलाई बेग्लै कोठा तथा बेग्लै शौचालयको व्यवस्था गर्ने । संक्रमित परीक्षार्थीहरुले प्रयोग गरेका सामग्री सम्बन्धित स्वास्थ्य कार्यालयको समन्वयमा अत्यन्त सावधानिका साथ संकलनका साथ व्यवस्थापन गर्ने ।
  •  परीक्षा सञ्चालन संलग्न प्राचार्य, शिक्षक, कर्मचारी तथा संभव भएसम्म विद्यार्थीहश्रको खोपको निम्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी खोप लगाउने व्यवस्था गर्नु उपयुक्त हुने ।
  • यस्तो परिस्थितिमा आगामी दिनमा आनलाइनबाट परीक्षा लिने दिने व्यवस्था मिलाउने ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ६ : ४० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र