कक्षा १२ का परीक्षार्थीलाई सीसीएमसीको ९ बुँदे स्वास्थ्य मापदण्ड « Khabarhub

कक्षा १२ का परीक्षार्थीलाई सीसीएमसीको ९ बुँदे स्वास्थ्य मापदण्ड


५ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनका लागि ९ बुँदे स्वास्थ्य मापदण्ड तयार पारेको छ ।

सीसीएमसीले विभिन्न ९ बुँदे स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न  राष्ट्रिय परीक्षा बोर्डलाई अनुमति दिएको हो ।

कोरोना संक्रमित परीक्षार्थीहरुका लागि बेग्लै कोठमा परीक्षा दिने व्यवस्था मिलाउनुका साथै प्रत्यक प्ररीक्षार्थीहरुको भौतिक दुरी दुई मिटर हुनुपर्ने सीसीएमसीले जनाएको छ ।

यस्ता छन् परीक्षा सञ्चालन गर्दा अपनाउनुपर्ने मापदण्ड 

  • नेपाल सरकारले तोकेका कोभिड–१९ सम्बन्धि जनस्वास्थ्यका मापदण्ड पूर्णतः पालना गरी परीक्षा सञ्चालन गर्र्ने गराउने ।
  • परीक्षा समबन्धित डीसिएमसीको समन्वयमा सञ्चालन गर्ने ।
  • परीक्षा केन्द्रमा कम्तिमा २ मिटरको दुरी कामय गरी जेड आका।मा परीक्षार्थीहरु राख्ने गरी सिट प्लान गर्ने ।
  • परीक्षा केन्द्रमा परीक्षा सञ्चालन समय भन्दा १ घण्टा ३० मिनेट अगाडि प्रवेश शुरु गराई लाईनमा हुन सक्ने भिड न्यूनिकरण गर्ने।
  • सबै संकायको परीक्षा एउटै दिन र समयमा नराखरी फरक फरक संकायका परीक्षा फरक दिन र समयमा सञ्चालन गर्ने व्यवस्था गर्न उपयुक्त हुने ।
  • केस अनुसन्धान र सम्पर्ककको सहजताको लागि प्रत्येक परीक्षार्थीलाई पहिलो दिनको परीक्षा शुरु हुन अगाडि सीआईसीटी फारम भर्न लगाई संकलित फारम सम्बन्धित डीसीएमसीलाई उपलब्ध गराउने ।
  • कोभिड–१९ संक्रमित परीक्षार्थीहरुको हकमा अरु सामान्य परीक्षार्थीहरुको परीक्षा शुरू भएको ३० मिनेटपछि मात्र प्रवेश गराई अरुको परीक्षा सकिएको ३० मिनेटपछि परीक्षाबाट निस्कने व्यवस्था मिलाउने यस्ता परीक्षर्थीहरुलाई बेग्लै कोठा तथा बेग्लै शौचालयको व्यवस्था गर्ने । संक्रमित परीक्षार्थीहरुले प्रयोग गरेका सामग्री सम्बन्धित स्वास्थ्य कार्यालयको समन्वयमा अत्यन्त सावधानिका साथ संकलनका साथ व्यवस्थापन गर्ने ।
  •  परीक्षा सञ्चालन संलग्न प्राचार्य, शिक्षक, कर्मचारी तथा संभव भएसम्म विद्यार्थीहश्रको खोपको निम्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गरी खोप लगाउने व्यवस्था गर्नु उपयुक्त हुने ।
  • यस्तो परिस्थितिमा आगामी दिनमा आनलाइनबाट परीक्षा लिने दिने व्यवस्था मिलाउने ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ६ : ४० बजे

अर्थमन्त्रीको जवाफ- नीति तथा कार्यक्रम अनुसार नै बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम अनुसार

मोटरसाइकल एसेम्बलमा मूल्य अभिवृद्धि १ प्रतिशत कम, तर एउटै कम्पनीलाई ३ वर्षमा ६ अर्ब बढी कर छुट

काठमाडौं– सरकारले मूल्य अभिवृद्धि गर्ने उद्देश्य राखेर सवारी साधनको एसम्बल

दर्ता नभएका फार्मेसीमा औषधि बिक्री वितरण नगर्न विभागको निर्देशन 

काठमाडौं– औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा

चीन र स्विटजरल्यान्डले दिने अनुदान रकम स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले उत्तरी छिमेकी चीन र युरोपेली मुलुक स्विटजरल्यान्डबाट प्राप्त

हटाइएका सुकुम्वासीलाई सरकारले पुनर्स्थापना खर्च २५ हजार दिने

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौंको नदी किनारबाट हटाइएका भूमिहीन