काठमाडौँ– प्रभु बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठबीच आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको हो ।
प्रभु बैंकबाट उपलब्ध गराइएको आर्थिक सहयोगमा कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामाग्रीहरु खरिद गर्ने र आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न कठिनाई भोगिरहेका आर्थिक रुपमा विपन्न विरामीहरुको निःशुल्क उपचार गर्ने अस्पतालको योजना रहेको छ ।
यसबाट कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा उपचारका लागि आउने विरामीहरुले अत्याधुनिक स्वास्थ्य सामाग्रीहरुको मद्दतबाट स्वास्थ्य सेवा उपभोग गर्न सक्ने अस्पतालले विश्वास लिएको छ । प्रभु बैंकले समाजपयोगी कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिँदै जाने जनाएको छ ।
प्रतिक्रिया