स्वस्थ रहन अबलम्बन गर्नुपर्ने केही टिप्स « Khabarhub

स्वस्थ रहन अबलम्बन गर्नुपर्ने केही टिप्स


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मानिसले आफुलाई स्वस्थ्य राख्न के सम्म गर्दैन ? तर पनि मानिस बिरामी पर्ने गर्दछ । त्यसैले आफुलाई स्वास्थ राख्न एकदमै सजिला केही टिप्सहरू छन् । जसलाई पालना गरेमा शरीरलाई स्वस्थ राख्न सकिन्छ ।

१. मोटोपनबाट बच्ने
मानिस स्वस्थ रहन मोटोपनबाट बच्न जरुरी छ । हुनत मोटोपन आफैँमा रोग होइन तर, रोग उत्पन्न गर्ने कारणचाहिँ हो ।

२. नियमित दिनचर्यामा परिवर्तन
मानिसले स्वस्थ्य हुन आफ्नो नियमित दिनचर्यालाई सही राख्नु पर्दछ । यसकालागि निश्चित समयमा उठ्ने र सुत्ने गर्नुपर्छ । खाने समय निश्चित गर्नुहोस् ।

३. शारीरिक व्यायाम
स्वस्थ हुन र शरीरमा ऊर्जा हुन नियमित शारीरिक व्यायाम गर्न आवश्यक छ । यसकालागि दैनिक न्युनतम १५ मिनेट व्यायाम गर्नु पर्दछ ।

४. तनाव नलिने
करिअर, परिवारको जिम्मेवारी, कामको बोझ, बढी महत्वाकांक्षा लगायतले मानिसलाई तनावमा पार्दछ । तर यसले मानिसको शरीरमा नकारात्मक प्रभाव पार्दछ ।

५. नियमित सन्तुलित खाना
नियमित सन्तुलित र पोषक भोजन गर्दा बिरामी हुनबाट बच्न सकिन्छ । त्यसैले नियमितको भोजनमा फलफूल, सागसब्जी र तरल पदार्थको उचित मात्रामा मिलाउन जरुरी छ ।

६. ८ घन्टा निन्द्रा
स्वस्थ्य रहन पर्याप्त निन्द्रा आवश्यक छ । यसकालागि हरेक मान्छेले ८ घन्टा निन्द्रा पुर्याउन आवश्यक छ । निद्रा पुगेन भने शारीरिक, मानसिक समस्या देखापर्न सक्छ ।

७. नास्ता खाने
हरेक दिन बिहान शरीरमा ऊर्जा हुन आवश्यक छ । त्यसकालागि खाना खानुअघि बिहानको खाजा ब्रेकफास्ट खानु पर्दछ ।

८. नियमित स्वास्थ्य चेकअप
अधिकाशं नेपालीमा बिरामी नपरी नियमित स्वास्थ्य चेकजाँचकालागि अस्पताल जाने बानी छैन । त्यसैले हरेक व्यक्तिले हरेक ६ महिनामा आफ्नो स्वास्थ्य परिक्षण गराउनु पर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ७ : ५० बजे

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको

म्याग्दीको राहुपारेको अस्थायी संरचना हटाइयो

म्याग्दी– पहिरो पीडितले बस्ती खाली गरेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारेको

विश्व विजेता स्पेनका कप्तान रोड्री अब बार्सिलोनामा

काठमाडौँ – स्पेनका कप्तान तथा विश्वकपका उत्कृष्ट खेलाडी रोड्री (रोड्रिगो

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि