स्वस्थ रहन अबलम्बन गर्नुपर्ने केही टिप्स « Khabarhub

स्वस्थ रहन अबलम्बन गर्नुपर्ने केही टिप्स


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मानिसले आफुलाई स्वस्थ्य राख्न के सम्म गर्दैन ? तर पनि मानिस बिरामी पर्ने गर्दछ । त्यसैले आफुलाई स्वास्थ राख्न एकदमै सजिला केही टिप्सहरू छन् । जसलाई पालना गरेमा शरीरलाई स्वस्थ राख्न सकिन्छ ।

१. मोटोपनबाट बच्ने
मानिस स्वस्थ रहन मोटोपनबाट बच्न जरुरी छ । हुनत मोटोपन आफैँमा रोग होइन तर, रोग उत्पन्न गर्ने कारणचाहिँ हो ।

२. नियमित दिनचर्यामा परिवर्तन
मानिसले स्वस्थ्य हुन आफ्नो नियमित दिनचर्यालाई सही राख्नु पर्दछ । यसकालागि निश्चित समयमा उठ्ने र सुत्ने गर्नुपर्छ । खाने समय निश्चित गर्नुहोस् ।

३. शारीरिक व्यायाम
स्वस्थ हुन र शरीरमा ऊर्जा हुन नियमित शारीरिक व्यायाम गर्न आवश्यक छ । यसकालागि दैनिक न्युनतम १५ मिनेट व्यायाम गर्नु पर्दछ ।

४. तनाव नलिने
करिअर, परिवारको जिम्मेवारी, कामको बोझ, बढी महत्वाकांक्षा लगायतले मानिसलाई तनावमा पार्दछ । तर यसले मानिसको शरीरमा नकारात्मक प्रभाव पार्दछ ।

५. नियमित सन्तुलित खाना
नियमित सन्तुलित र पोषक भोजन गर्दा बिरामी हुनबाट बच्न सकिन्छ । त्यसैले नियमितको भोजनमा फलफूल, सागसब्जी र तरल पदार्थको उचित मात्रामा मिलाउन जरुरी छ ।

६. ८ घन्टा निन्द्रा
स्वस्थ्य रहन पर्याप्त निन्द्रा आवश्यक छ । यसकालागि हरेक मान्छेले ८ घन्टा निन्द्रा पुर्याउन आवश्यक छ । निद्रा पुगेन भने शारीरिक, मानसिक समस्या देखापर्न सक्छ ।

७. नास्ता खाने
हरेक दिन बिहान शरीरमा ऊर्जा हुन आवश्यक छ । त्यसकालागि खाना खानुअघि बिहानको खाजा ब्रेकफास्ट खानु पर्दछ ।

८. नियमित स्वास्थ्य चेकअप
अधिकाशं नेपालीमा बिरामी नपरी नियमित स्वास्थ्य चेकजाँचकालागि अस्पताल जाने बानी छैन । त्यसैले हरेक व्यक्तिले हरेक ६ महिनामा आफ्नो स्वास्थ्य परिक्षण गराउनु पर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ७ : ५० बजे

ओलीले टिकट नदिएका नेताहरू एमाले उम्मेदवारसँगै खटिए चुनावी मैदानमा

काठमाडौं- एघारौँ महाधिवेशनमा आफूलाई चुनौती दिएपछि अध्यक्षक केपी शर्मा ओलीले

सुधन गुरुङले गरे गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता

काठमाडौं– जेन-जी अगुवा सुधन गुरुङले रास्वपाबाट उम्मेदवारी दर्ता गराएका छन् ।

सुनसरी-४ मा ज्ञानेन्द्र कार्कीले गराए उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन्

काठमाडौं–२ बाट कुन्ती पोखरेलको उम्मेदवारी

काठमाडौं – काठमाडौं–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेलले प्रतिनिधिसभा

नेमकिपाको गढ भक्तपुर १ मा एमालेका मिश्रले गरे मनोनयन दर्ता

भक्तपुर- भक्तपुर क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का उम्मेदवार