देशको गरिबी अन्त्य गर्न कर्णालीको विकास अत्यावश्यक : अर्थमन्त्री शर्मा « Khabarhub

देशको गरिबी अन्त्य गर्न कर्णालीको विकास अत्यावश्यक : अर्थमन्त्री शर्मा


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले बहुआयामिक गरिबीको दर सबभन्दा धेरै रहेको कर्णाली प्रदेशको विकास विना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने भएकोले त्यसतर्फ लगानी बढाउन बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरेका छन् ।

कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले काठमाडौँमा आयोजना गरेको ‘कर्णाली प्रदेशमा प्रत्येक घर स्वरोजगार कार्यक्रम’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले भने, ‘बहुआयामिक गरिबी दर सबभन्दा धेरै रहेको कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश नं. २ को गरिबी अन्त्य नगरी राष्ट्रको गरिबी अन्त्य हुँदैन । कर्णालीको गरिबी अन्त्य गर्ने कार्यक्रम प्रदेशको कार्यक्रम होइन राष्ट्रिय कार्यक्रम हो । त्यसको लागि लगानी गर्नु बैंकहरुको पनि राष्ट्रिय दायित्व हो ।’

राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको सन २०१९ सम्मको तथ्याङ्क अनुसार कर्णाली प्रदेशमा बहुआयामिक गरिबी दर ३९.५ प्रतिशत रहेको छ ।

यस्तै सुदुरपश्चिम प्रदेशमा २५.५ प्रतिशत र प्रदेश नं. २ मा बहुआयामिक गरिबी दर २४.५ प्रतिशत रहेको छ ।

गरिबी अन्त्यको सुरुवात कृषि र कृषिजन्य उत्पादन बृद्धिको अभियानबाट गर्न सकिने भन्दै मन्त्री शर्माले ‘किसानको मेलामा गएर ऋण सहायता बाँड्ने र खलोमा गएर असुल गर्ने नीति’ अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

कर्णाली प्रदेश सरकारले अघि सारेको ‘प्रत्येक घर स्वरोजगार कार्यक्रम’ को सही कार्यान्वयन भएमा पाँचदेखि ७ वर्षभित्र गरिबी अन्त्य हुने विश्वास उनले व्यक्त गरे । कर्णालीबाट सुरु भएको यो अभियान अन्य ठाँउमा पनि विस्तार भई गरिबी अन्त्य गर्ने लक्ष्य प्राप्त हुने मन्त्री शर्माको भनाइ छ ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘प्रत्येक घर स्वरोजगार कार्यक्रम’ मा ऋण लगानी गर्न बैंकहरुलाई आग्रह गर्दै त्यसको लागि चाहिने भौतिक पूर्वाधार, कृषि तथा पशु बीमा, उत्पाादित वस्तुको ढुवानी तथा बजारीकरण, अनुगमन र सहजीकरणको जिम्मेवारी प्रदेश सरकारले लिने प्रतिवद्धता व्यक्त गरे ।

पूर्वमन्त्री शक्ति बस्नेतले देश विकासको लागि र लगानीकर्ताहरुको नाफाको लागि कर्णाली प्रदेश ‘भर्जिन ल्याण्ड’ भएकोले ढुक्क भएर लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरे । ठूलो भूगोल र प्रसस्त साधन स्रोत भएको कर्णालीमा गरिएको लगानीको राम्रो प्रतिफल प्राप्त हुने उनले बताए ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ‘प्रत्येक घर स्वरोजगार कार्यक्रम’ गरिबीमा डुबेका त्यहाँका जनतालाई हात समातेर माथि उठाउने कार्यक्रम भएकोले त्यसमा हातेमालो गर्न बैंकहरुलाई आग्रह गरे । सोही मन्त्रालयका सचिव चक्र बहादुर बुढाले ‘कर्णाली प्रदेशमा प्रत्येक घर स्वरोजगार कार्यक्रम’ को बारेमा प्रस्तुति गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, नेपाल बैंक लिमिटेडका उपकार्यकारी निर्देशक समता पन्त, एनएमबी बैंकका अध्यक्ष पवन गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, प्राइम कमर्सियल बैंकका संचालक गजेन्द्र विष्ट, मेगा बैंकका एसएमई कर्जा प्रमुख जनक भट्टराई, ग्लोबल आइएमई बैंकका सुरेन्द्र रेग्मी, नबिल बैंकका लीला प्रसाद ओझालगायतले ‘प्रत्येक घर स्वरोजगार’ परियोजना राम्रो लागेको भन्दै प्रदेश सरकारबाट कर्जा सुरक्षणको सुनिश्चितता र भौतिक पूर्वाधार उपलब्ध भएमा लगानी गर्न आफूहरु तयार रहेको बताए ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ९ : २३ बजे

२९ देशहरूद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

साङ्घाई– विश्वका २९ वटा देशहरूले साङ्घाईमा विश्व कृत्रिम बुद्धिमत्ता (एआई)

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर,

सोलुखुम्बु– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले अब

ओलीको गुनासो : एमालेलाई अझै एक्ल्याउन खोजिँदैछ, सरकार गोयबल्स शैलीमा अघि बढ्यो

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वालेन्द्र

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान– सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई

ओलीको टिप्पणी : सरकार फासीवादको बाटोमा जाँदैछ, देश निसास्सिएर ऐठनको अवस्थामा छ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार