सवा लाख मानिस दोस्रो मात्राको खोपको पर्खाइमा « Khabarhub

सवा लाख मानिस दोस्रो मात्राको खोपको पर्खाइमा


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका एक लाख १७ हजार ५९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन् । सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोनशन खोप लगाउँदै आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लामा हालसम्म एक लाख ८८ हजार ७४१ व्यक्तिले कोभिडविरुद्धका विभिन्न खोप लगाइसकेका छन् । सबैभन्दा बढी मात्रामा चीनबाट आएको भेरोसेल खोप लगाइएको छ । उनले ७७ हजार ४३७ ले भेरोसेल खोप लगाएको जानकारी दिए । त्यसमध्ये दुई मात्रा (पूर्ण खोप) लगाउने १३ हजार २१६ र एक मात्रा मात्र लगाउने ६४ हजार २२१ छन् ।

जिल्लामा ६२ हजार ११९ ले भारतबाट प्राप्त कोभिशिल्ड र ४९ हजार २८५ व्यक्तिले अमेरिकाबाट प्राप्त जोनशन खोप लगाएको छ । जोनशन खोप एक मात्रा लगाउँदा पूर्ण हुन्छ भने कोभिशिल्ड र भेरोसेल दुई मात्रा लगाउनैपर्ने हुन्छ । कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका ५३ हजार ३७६ ज्येष्ठ नागरिक दोस्रो मात्राको पर्खाइमा छन् । आठ हजार ७४३ जना फ्रन्टलाइनरले मात्र कोभिशिल्डको दुवै मात्रा लगाउन पाएका छन् ।

जापानबाट आएको अस्ट्राजेनिका खोप कोभिशिल्डसँग मिल्दो छ । कोभिशिल्डको एक डोज लगाएर दोस्रो डोजको पखाईमा बसेका ज्येष्ठ नागरिकलाई अस्ट्राजेनिका खोप लगाउने तयारी भइरहेको छ । त्यसका लागि जिल्लामा २४३ खोप केन्द्र सञ्चालन गरिएको लुइँटेलले बताए ।

छानबिन प्रतिवेदन यसै साता आउने

बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाका फोकलपर्सन ओमबहादुर खड्कालाई २०० मात्रा भेरोसेल खोपसहित होटलमा भेटिएको विषयमा भइरहेको छानबिनको प्रतिवेदन यसै साता आउने भएको छ ।

जिल्ला खोप व्यवस्थापन समितिले सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा गत साउन १६ गते छानबिन समिति गठन गरेको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  १० : ५५ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी