अफगान विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिबीच फोन वार्ता « Khabarhub

अफगान विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिबीच फोन वार्ता


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा विकसित परिस्थितिका विषयमा रुसी र फ्रान्सेली राष्ट्रपतिका बीचमा वार्ता भएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोलाई टेलिफोन गरेको बताइएको छ । सो वार्ताका क्रममा अफगानिस्तानमा विकसित पछिल्लो परिस्थितिका विषयमा आवश्यक कुराकानी भएको रुसी राष्ट्रपतिको सचिवालयले जानकारी दिएको समाचारमा जनाइएको छ ।

रुसी र फ्रान्सेली राष्ट्रपतिका बीचमा हालै अफगानिस्तानमा विकास भएको परिस्थितिका लागि दुई देशले कसरी मिलेर काम गर्ने भन्ने बारेमा छलफल भएको छ । उनीहरूबीचमा अफगानिस्तानमा त्यहाँका सर्वसाधारण नागरिकको सुरक्षाको अवस्थालाई कसरी सुरक्षित गर्ने भन्ने बारेमा कुराकानी भएको बताइएको छ ।

पछिल्ला दिनमा अफगानिस्तानमा विदेशी दाता राष्ट्र तथा संस्थाहरूले पनि देश छोडिरहेका र त्यहाँका नागरिकहरू असुरक्षा र अभावमा परेको भन्दै यसका लागि मिलेर काम गर्ने विषयमा सहमति भएको बताइएको छ ।

त्यसैगरी बिहीबार नै रुसी राष्ट्रपति पुटिनले इटालीका प्रधानमन्त्रीसँग पनि फोनमा परामर्श गरेका छन् । उनले त्यस अवसरमा आगामी दिनमा अफगानिस्तानका नागरिकका लागि मिलेर अघि बढ्ने सहमति भएको बताइएको छ । यसअघि बुधबार मात्र पनि चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीका बीचमा पनि अफगान मुद्दामा छलफल भएको थियो ।

चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई आवश्यक सहयोग र सहज रुपमा अहिलेको सङ्क्रमणको व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग समन्वय गर्ने बताएका थिए । बुधबार चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साहमोहमद कुरेसीबीच फोन वार्ता भएको थियो ।

त्यस फोन वार्ताका क्रममा विदेशमन्त्री यीले हाल अफगानिस्तानमा विकसित परिस्थितिलाई सामान्य बनाउन र त्यहाँको सङ्क्रमणकालीन व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग सम्पर्क र समन्वय गरेर अघि बढ्ने छ भनेका थिए । गएको आइतबार काबुललाई तालिबानीले कब्जामा लिएका छन् । उनीहरूले तालिबानी सरकार गठनको तयारी पनि गरिरहेका छन् ।

काबुलबाट प्राप्त समाचारअनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकुले गस्ती गरिरहेका देखिएको छ भने आफ्ना देश फर्किन चाहने विदेशीले गर्दा त्यहाँको विमानस्थलको अवस्था अस्तब्यस्त भएको बताइएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  २ : १० बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र