मुस्लिम समुदायले मोहर्रम पर्व मनाउँदै « Khabarhub

मुस्लिम समुदायले मोहर्रम पर्व मनाउँदै


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– मुस्लिम धर्मावलम्बीले मोहर्रम पर्व हर्षोल्लासपूर्वक आजदेखि मनाउन थालेका छन् । इस्लामी नयाँ वर्ष १४४३ हिजरीको सुरुवातसँगै तामझामका साथ मनाइने सो पर्व दश दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।

केन्द्रीय मोहर्रम तथा कर्बला व्यवस्थापन समिति नेपालगञ्जका अध्यक्ष फिरोज अहमद हल्वाईले घरमै बसेर आज मोहर्रम पर्व मनाइने जानकारी दिए ।

उनले कोरोनाको जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्डको पालना गरी पर्व मनाउन सबैलाई आग्रह गरिएको बताए । यस वर्ष पर्वअन्तर्गत निकालिने सम्पूर्ण जुलुसको कार्यक्रम स्थगित गरिएको छ । ती समुदायले आ–आफ्नो घर अगाडि सजाएको ताजिया सेलाउन कर्बला जाँदा भीड जम्मा नहुने गरी आलोपालो मिलाउन आग्रह गरिएको छ ।

मुस्लिम अगुवा मोहम्मद हारुन हलवाईले यस वर्ष महामारीका कारण चाडपर्व घरभित्रै भीडभाड नहुने गरी मनाउन आग्रह गरिएको बताए । यस महिना हजरत हसन र हजरत हुसैनले सत्यका लागि आफ्नो सम्पूर्ण परिवारसहित बलिदानी दिएकाले यसैका स्मरणमा सो पर्व मनाउने गरिएको उनले जानकारी दिए । पर्वलाई शान्तिपूर्ण र व्यवस्थित तरिकाले मनाउन आग्रह गरिएको प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काले बताए ।

नरैनापुरमा सार्वजनिक विदा

मुसलमान समुदायका बाहुल्यता रहेको बाँकेको नरैनापुर गाउँपालिकाले मोहर्रम पर्वमा आज सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले मुसलमान धर्मावलम्बीको पर्व मोहर्रममा सार्वजनिक बिदा दिइएकोे जानकारी दिए ।

उनले महामारीका कारण सिर्जित असहज परिस्थितिका कारण सामाजिक दूरी कायम गरेर भीडभाड नगरी पर्व मनाउन आग्रह गरे । उच्च स्वास्थ्य सतर्कताका अपनाउँदै घरमै बसी आ–आफ्नो परिवारमा हर्षोल्लासका पर्व मनाउन गाउँपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ३ : २५ बजे

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र

शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेपाल उद्योग वाणिज्य संघका