देशकै ठूलो मानवनिर्मित तालमा चल्न थाल्यो जेटबोट « Khabarhub

देशकै ठूलो मानवनिर्मित तालमा चल्न थाल्यो जेटबोट


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको वाग्मती नगरपालिका– १२ स्थित मानवनिर्मित ठूलो मानिएको भरत तालमा जेटबोट चल्न थालेको छ । ताल निर्माणको कार्य पूर्णरुपमा नसकिए पनि असार १० गतेदेखि तालमा जेटबोट सञ्चालनमा ल्याइएको छ ।

पूर्वपश्चिम लोकमार्गदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ रहेको सो मानवनिर्मित तालमा ३५ सिटे जेटबोट सञ्चालनमा ल्याइएको छ । वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापाका अनुसार मोटरबोट सञ्चालनमा आएदेखि सो ताल पर्यटकीय केन्द्र बनेको छ । यहाँ यो ताल हेर्न र जेटबोट चढ्न देशका विभिन्न ठाउँबाट दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

नगर प्रमुख थापाको विशेष पहलमा करिब १२१ बिघा क्षेत्रफलमा निर्माण गरिएको यस तालको गहिराइ ४५ फिट छ । गर्मीयाममा यहाँ मोटरबोट चढेर आनन्द लिन र मनोरञ्जनका लागि स्थानीय र वरपरका जिल्लाका पर्यटक यहाँ आउन थालेका छन् ।

बिदाको दिन परिवारसहित ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक यहाँ आउने गरेको पाइन्छ । यस तालमा हंसराज प्रजातिको हाँस पालिएको छ र आगामी दिनमा माछापालन गरिने नगरपालिकाले योजना बनाएको छ ।

नगरपालिकाभित्रका करिब एक हजार २०० बेरोजगार युवालाई रोजगारी दिने योजनाका साथ तालको निर्माण शुरु गरिएको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले जानकारी दिनुयो । उहाँका अनुसार नगरको अर्थोपार्जनका लागि ताल महत्वपूर्ण स्रोत बन्न सक्छ ।

यस ताललाई व्यवस्थित गर्दै बगैँचा, पार्क र वनभोजस्थलका रुपमा पनि विकास गरिने योजना नगरपालिकाको छ । यहाँ मोटरबोट सवार भएर केही समय घुम्दा पोखराको फेवाताल जत्तिकै मनोरञ्जन प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोख्रेलले बताए ।

बिदाका दिन आफू पनि मनोरञ्जन गर्न तालमा घुम्न आउने गरेको र गर्मी मौसममा तालमा बोट चढेर घुम्दा पोखराको फेवातालको झल्को मेटिने गरेको उनको अनुभव छ । अझै तालका बीचमा बन्दै गरेको रिसार्ट (होटल प्यालेस)ले रानिपोखरी र पोखराको फेवातालबीचमा रहेको ‘ताल बराही’को याद आउने उनले बताए ।

अझ मानवनिर्मित यस ताल टिकटक बनाउने ठाउँका रूपमा समेत प्रख्यात हुँदै आएको छ । यहाँ आउने करिब ९० प्रतिशत पर्यटकले रमणीय वातावरण देखेर टिकटक बनाएर फर्किने गरेका छन् । कलकल बग्ने वाग्मती नदी र छेउमा बन्दै गरेको रेलको लिगले हरेक पर्यटकको मन लोभ्याउने गर्दछ । यस तालको हालसम्मको कूल लागत करिब रु ३० करोड अनुमान गरिएको भए पनि लागत खर्च सार्वजनिक गरिएको छैन ।

सोही तालको अध्ययन अवलोकन भ्रमणमा आएका तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले वाग्मती नगरपालिकाका नगरप्रमुख थापासँग भेट गरी पर्यटन क्षेत्रको विकासका विषयमा छलफल गरेका छन् ।

सो तालमा ‘नेपाल सिट एण्ड बोट बिल्डिङ’ कम्पनीद्वारा उत्पादन गरिएका राइनोज, फिस्टेल, जेट बोट नामका मोटर बोट सञ्चालन हुने नेपाल सिट एण्ड बोट बिल्डिङ कम्पनीका अध्यक्ष लेखनाथ पौडेल जानकारी दिए ।

साथै ३०० सिट क्षमताको तीनतले मिनी क्रुजको पनि डिजाइन भइरहेको र यसमा २६ वटा डिलक्स कोठा, रेष्टुरेन्ट र सेमिनार हल रहने बताइएको छ । उक्त क्रुजमा जापान र चीनमा बनेका इञ्जिन जडान गरिनेछ । यस ताल र यसको वरपरको पर्यटकीय विकासको अध्ययन र अवलोकन भ्रमणका लागि देशका विभिन्न पालिकाका जनप्रतिनिधिहरु आउने गरेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ३ : ४० बजे

बुद्धका सन्देश व्यवहारमा उतार्न सकेमात्रै दिगो शान्ति सम्भव : राष्ट्रपति पौडेल

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेलले अहिंसा, मैत्री, करुणा र प्रज्ञाको सन्देशलाई

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर- ललितपुरको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि कसरी

सुकुम्वासीको अधिकारका लागि आन्दोलन घोषणा, जेठ ७ देखि देशव्यापी आमहड्ताल गर्ने चेतावनी

काठमाडौं- भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको अधिकार सुनिश्चित गर्न

मध्य पूर्व द्वन्द्व चरम उत्कर्समा, अस्पताल तथा स्वास्थ्यकर्मी लक्षित आक्रमणमा वृद्धि : डब्ल्यूएचओ

जेनेभा- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) पछिल्लो समयमा मध्य पूर्वको द्वन्द्व

झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा- कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३