माधव नेपालको पार्टी अब नेकपा (एकीकृत समाजवादी), महन्थ ठाकुरको पार्टीको नाम पनि फेरियो « Khabarhub

माधव नेपालको पार्टी अब नेकपा (एकीकृत समाजवादी), महन्थ ठाकुरको पार्टीको नाम पनि फेरियो


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमालेबाट विभाजित माधवकुमार नेपाल समूहको पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) प्रस्ताव गरिएको छ । नेपाल समूहले यसअघि नेकपा (एमाले समाजवादी) प्रस्ताव गरेर दल दर्ताको निवेदन दिएको थियो ।

तर, अर्को दलसंँग मिल्दो नाम राख्न नमिल्ने भएपछि राजेन्द्र पाण्डे लगायतका नेताहरू शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ नाम नेकपा ( एकिकृत समाजवादी) प्रस्ताव गरेका हुन् ।

निर्वाचन आयोगको प्रवक्ता राजकुमार श्रेष्ठले पार्टीको नयाँ नामका लागि निवदेन दिएको बताए । उनले पार्टी दर्ताको प्रक्रिया पूरा भएपछि यसबारेमा आयोगले अन्तिम निर्णय गर्ने जानकारी दिए ।

यसैगरी  महन्थ ठाकुर पक्षले पनि पार्टीको नाम परिर्वतन गरेको छ । पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिएको नेता केशव झाले जानकारी दिए ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

निर्वाचन आयोगको सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार मिल्दोजुल्दो नाम राख्न नमिल्ने भएका कारण दुबै दलले नयाँ नाम प्रस्ताव गरेका हुन् ।

अध्यादेशअनुसार राजनीतिक दलसम्बन्धी नियमावली ल्याएपछि शुक्रबार दल दर्ताका लागि निवेदन दिने क्रममा नयाँ नाम राखिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ३ : ४३ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान