प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन गर्न उपसमिति गठन « Khabarhub

प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन गर्न उपसमिति गठन


४ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगतको सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

समितिको आजको बैठकले सदस्य रेखा शर्माको संयोजकत्वमा खेमप्रसाद लोहनी, डा डिला सङ्ग्रौला, रामसहायप्रसाद यादव र लक्ष्मीकुमारी चौधरी सदस्य रहेको उपसमिति गठन गरेको हो । उपसमितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउने समयसिमा तोकिएको छ ।

उपसमितिले विशेषज्ञसहित सहभागी गराएर छलफल गर्न सक्ने छ । “भोलिका दिनमा पनि यसले दिएको प्रतिवेदन मार्ग निर्देशको रुपमा रहोस् भन्ने उद्देश्य हो”, सभापति शशी श्रेष्ठले भने, “क्रमशः अन्य विधायनको विषयसमेतमा अध्ययन गरिँदै जानेछ ।”

उनका अनुसार उपसमितिले उक्त ऐनको प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन गर्नेछ । यस्तै ऐनको स्पष्टता र प्रभावकारिताको पनि मापन गर्नेछ । आवश्यकतानुसार विज्ञको सहयोग लिएर कार्यदल बनाउन सक्ने अधिकार पनि उपसमितिलाई दिइएको छ । उपसमितिलाई ऐनको अधिनस्थ विधायनका सम्बन्धमा ‘चेक लिष्ट’ बनाई अध्ययन गर्न भनिएको छ ।

उपसमितिलाई संसद्ले अधिनस्थ विधायन बनाउन दिएको अधिकार पुनःप्रत्यायोजन गरिएको छ वा छैन, भूतप्रभावी हुने गरी नियम विनियम आदेश सूचना जारी भएको छ वा छैन, मूल कानुन र सर्वाेच्च विधायनको विपरित हुने गरी तर्जुमा गरे नगरेको, प्रचलित ऐन संसोधन र खारेज गरी तर्जुमा गरेको छ वा छैन, कसुरको परिभाषा गरिएको छ वा छैन, कैदको प्रावधान राखिएको छ वा छैन भनेर परीक्षण गर्न कार्यादेश दिइएको छ ।

यस्तै उपसमितिले सर्वाेच्च विधायनले सीमा निर्धारण गरेको भन्दा बढी हुने गरी सीमा निर्धारण गरेको छ वा छैन, नागरिकको व्यक्तिगत अधिकार र कर्तव्यको बारेमा प्रभाव पार्ने गरी तर्जुमा गरेको छ वा छैन, कसूर र दण्ड सजाय अधिनस्थ विधायनमा राखेको छ वा छैन, सर्वाेच्च विधायनमा उल्लेख नभएको कर दस्तुर वा शुल्कको जनतालाई भार लगाएको छ वा छैन, मूल ऐनले अधिकार नदिइ कोष खडा गरेको छ वा छैन र अधिनस्थ विधायनबाट आपराधिक दायित्व सिर्जना गरेको छ वा छैन भनेर परीक्षण गर्नेछ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ५ : ५० बजे

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको