एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित « Khabarhub

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले श्रीलङ्कालाई हराउँदै प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।

जापानको तोकाइ सिटिजन व्यायामशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कामाथि ३४-२५ को जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । यस जितसँगै नेपाली महिला टोलीले कबड्डीमा पदक जित्ने निश्चित भएको छ । 

यसअघि चिनको हाङजाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा पनि नेपाली महिला टोलीले कास्य पदक जितेको थियो । 

आज खेलको पहिलो हाफमा १९-१३ को जित निकालेको नेपाल दोस्रो हाफमा १५-१२ ले अघि रहँदै समग्रमा मलेसियामाथि ३४-२५ ले जित निकाल्न सफल भयो । समूह ‘बी’ मा रहेको नेपालले यसअघि थाइल्यान्डलाई हराएको थियो भने नेपाल चाइनिज ताइपेइसँग पराजित भएको थियो । समूह ‘बी’ बाट नेपालसँगै चाइनिज ताइपेइ पनि सेमिफाइनल प्रवेश गरेको छ ।

त्यसैगरी, आजै भएको पुरुष कबड्डी खेलमा पनि नेपालले मलेसियामाथि जित हासिल गरेको थियो । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले मलेसियामाथि ७३-५२ को जित हासिल गरेको हो ।

नेपालले खेलको पहिलो हाफमै ३७-२१ को स्कोर बनाएको थियो । त्यस्तै खेलको दोस्रो हाफमा नेपालले मलेसियामाथि ३६-३१ अगाडि रहँदै समग्रमा २१ अङ्कले जित हासिल गर्‍यो । 

यो नेपाली पुरुष टोलीको सान्त्वना जित हो । यसअघि नेपाल लगातार तीन खेलमा पराजित भएसँगै नेपाली पुरुष टोली प्रतियोगिताबाट बाहिरिएको छ । 

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ४ : २८ बजे

प्रतिनिधिसभाबाट निःशुल्क कानुनी सहायता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ माथि

जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन राष्ट्रियसभा अध्यक्षको अपिल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित

दोभान बजारमा आगलागी

ताप्लेजुङ- ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको

ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छ : मन्त्री साह

 काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले एलपी ग्यासको अभाव, पेट्रोलियम