काठमाडौँ–वाग्मती प्रदेशको प्रदेश प्रमुखमा नियुक्त यादवचन्द्र शर्माले विद्यादेवी भण्डारीज्यू समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।
नेपालको संविधानको धारा १६७ बमोजिम शर्माले वाग्मती प्रदेशको प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथ लिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
आजै राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् । त्यसअघि उनले प्रदेश प्रमुखबाट विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गरेकी थिइन् ।
नवनियुक्त प्रदेश प्रमुख शर्मा माधवकुमार नेपाल निकट हुन् । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश प्रमुखका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
यस्तो छ विज्ञप्ति
प्रतिक्रिया