सफल व्यक्तित्व बिल गेट्सबारे केही जानकारी « Khabarhub

सफल व्यक्तित्व बिल गेट्सबारे केही जानकारी


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिल गेट्स केही वर्ष अघिसम्म संसारकै सबैभन्दा धनी व्यक्ति थिए । उनलाई पर्सनल कम्प्युटर क्रान्तिका जनक मानिन्छ । माइक्रोसफ्ट जस्तो विश्वविख्यात सफ्टवेयर कम्पनीका संस्थापक गेट्सले कम्प्युटरको धूनमा हार्वड विश्वविद्यालयको पढाई अधुरै छोडे ।

जब हार्डवेयर कम्पनीहरु धन बटुल्न व्यस्त थिए तब बिल गेट्सले सफ्टवेयरको महत्व र संभावनालाई बुझे । १९८२ मा गेट्सले सीटल कम्प्युटर्स नामक एउटा सानो कम्पनीबाट एम.एस.डस प्रोग्राम किनेर त्यसलाई कम्प्युटरको अनिवार्य हिस्सा बनाइदिए । कम्प्युटर क्रान्ति ल्याउनमा बिल गेट्सको एम.एस.डस, माइक्रोसफ्ट वर्ड, माइक्रोसफ्ट एक्सेल जस्ता सफ्टवेयरको महत्वपूर्ण योगदान छ ।

गेट्सले सि.डी. रोमको उपयोगितालाई पनि पहिचान गरे । तर पनि अदूदर्शी हार्डवेयर निर्माता आफ्ना कम्प्युटरमा सी.डी. रोम हाल्न तयार भएनन् । त्यसकारण गेट्सले पहिलो मल्टिमिडिया एन्सायक्लोपेडिया एन्कार्टा तयार पारे । यस कदमबाट सी.डी रोमको महत्व बुझाउन सजिलो भयो । बिल गेट्स आफ्नो कम्पनीमा सबैभन्दा प्रतिभाशाली कर्मचारीहरुलाई राख्थे र तिनले मागेजति तलब दिन्थे । माइक्रोसफ्टमा कर्मचारीहरुलाई कम्पनीको शेयर किन्ने विकल्प पनि दिइन्छ । यो सुविधाको प्रयोगबाट धेरै कर्मचारीहरु करोडपति भइसकेका छन् ।

बिल गेट्स समयलाई अत्यन्त महत्व दिन्छन् । आधी रातसम्म काम गर्नु माइक्रोसफ्टको लागि सामान्य कुरा हो । नेटरस्केपका माइक टाइरेलले भनेझैँ, माइक्रोसफ्टका कर्मचारीहरु सुत्छन् जस्तो मलाई लाग्दैन । समय बचाउनका लागि बिल गेट्स कार चलाइरहँदा पनि मोबाइलमा जरुरी कुरा गर्छन् । उनी समयमा हवाईजहाज भ्याउन एकदमै सही समयमा पुग्छन् । एकैपटक धेरै काम गर्छन् । अनि, गेट्स टि.भी. हेर्दैनन् किनभने उनी यसलाई आफ्नो अमूल्य समयको बर्बादी मान्छन् ।

साभार  : हाम्रो घरको डाक्टर पुस्तकबाट

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ५ : २० बजे

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको