२४ घण्टामा थपिए साढे ३ लाख कोरोना संक्रमित, ५ हजारको मृत्यु « Khabarhub

२४ घण्टामा थपिए साढे ३ लाख कोरोना संक्रमित, ५ हजारको मृत्यु


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो दुई दिनमा विश्वभर कोरोना संक्रमितको संख्या केही घटेको छ ।

ओल्डोमिटरको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ३ लाख ४९ हजार ९५५ जना संक्रमित थपिएका छन् । यसअघि दैनिक संक्रमितको संख्या आइतबार साढे ४ लाख र सोमबार ५ लाखको हाराहारीमा थियो ।

थपिनेमध्ये सबैभन्दा धेरै अमेरिकामा ३२ हजार ६३८, भारतमा ३० हजार ८०९, बेलायतमा २९ हजार ६१२, टर्कीमा २६ हजार ३९८ जना रहेका छन् । यसैगरी रुसमा २० हजार १७४ जना र ब्राजिलमा ९ हजार ४५८ संक्रमितको पहिचान भएको छ ।

यही अवधिमा ५ हजार ७०८ जनाको मृत्यु भएको छ । दैनिक मृत्यु हुनेको संख्या रुसमा सबैभन्दा धेरै रहेको छ । त्यहाँ ७९३ जनाको मृत्यु भएको छ । त्यसैगरी इरानमा ३९१ जना, अमेरिकामा ३०९, भारतमा २९६, ब्राजिलमा २३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै हालसम्म कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७ लाख नाघेको छ । कुल संक्रमित २२ करोड ९२ लाख ६० हजार ५६३ मध्ये हालसम्म् २० करोड ५८ लाख ७८ हजार मानिस निको भइसकेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ६ : २१ बजे

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी

रूपपुर आणविक इन्धन ढुवानीमा पाकिस्तानले अनुमति नदिँदा अवरोध

ढाका- बङ्गलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रका लागि युरेनियम इन्धन बोकेको विमानलाई

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न बागमतीका मुख्यमन्त्रीको निर्देशन

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र