सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली « Khabarhub

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ राजपत्रमा प्रकाशित भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा नेपाल राजपत्रमा प्रकाशित यस नियमावलीले परम्परागत कागजी प्रक्रियालाई विस्थापित गर्दै पूर्ण डिजिटल प्रणाली अपनाउने कानुनी व्यवस्था गरेको छ ।

नयाँ नियमावली अनुसार नेपाल सरकारले ६ महिनाभित्र सबै सार्वजनिक निकायहरूमा ‘एकीकृत विद्युतीय निर्णय प्रणाली’ सञ्चालनमा ल्याउनेछ । यस प्रणालीमा डिजिटल फाइल दर्ता, स्वचालित फाइल नम्बर, डिजिटल टिप्पणी, डिजिटल हस्ताक्षर र एकीकृत ड्यासबोर्ड जस्ता सुविधाहरू समावेश रहनेछन् । साथै, दर्ता हुने प्रत्येक फाइललाई क्युआर कोड र विशिष्ट पहिचान नम्बर प्रदान गरिने व्यवस्था गरिएको छ ।

सुशासन र छरितो सेवा प्रवाहका लागि निर्णय प्रक्रियाका तहहरू सीमित गरिएका छन् । नीतिगत तथा महत्त्वपूर्ण प्रशासनिक निर्णयमा टिप्पणीको तह बढीमा तीन तह र नियमित प्रशासनिक निर्णयमा बढीमा दुई तह मात्र रहनेछ । नियमित प्रकृतिका निवेदनहरूमा सोही दिन वा बढीमा भोलिपल्टसम्म निर्णय गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । त्यसैगरी, अन्तर-निकाय राय वा परामर्श माग्दा बढीमा तीन दिनभित्र र वित्तीय स्वीकृतिको हकमा बढीमा पाँच दिनभित्र राय वा स्वीकृति दिइसक्नुपर्नेछ ।

सरकारी निर्णय प्रक्रियामा सहयोग पुऱ्याउन पूर्ववर्ती निर्णय, कानुन र नजिरको खोजी, जोखिम विश्लेषण तथा टिप्पणीको प्रारम्भिक मस्यौदा तयार पार्न कृत्रिम बुद्धिमत्ता (एआई) को सहायक उपकरणका रूपमा प्रयोग गर्न सकिने व्यवस्था छ । तर, (एआई) को प्रयोगका आधारमा मात्र कुनै पनि अन्तिम प्रशासनिक, वित्तीय वा नीतिगत निर्णय गर्न भने नपाइने स्पष्ट पारिएको छ ।

सेवाग्राहीले आफ्नो निवेदन वा फाइलको अवस्था अनलाइन, मोबाइल एप वा एसएमएस मार्फत हेर्न सक्ने गरी ट्र्याकिङ नम्बर पाउनेछन् । सम्पूर्ण सार्वजनिक निकायको कार्यसम्पादन, निर्णयको स्थिति र ढिलाइको अनुगमनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केन्द्रीय एकीकृत ड्यासबोर्ड सञ्चालन गरिनेछ ।

फाइल २४ घण्टाभित्र अघि नबढेमा प्रणालीले स्वतः माथिल्लो तहमा पठाउनेछ भने तोकिएको समयभित्र काम नगर्ने वा वर्षमा तीन पटकभन्दा बढी सचेत गराइएका कर्मचारीहरूमाथि प्रचलित कानुनबमोजिम विभागीय कारबाही गरिनेछ । यस नियमावली कार्यान्वयनमा आएसँगै साविकको ‘सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५’ खारेज गरिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ६ : ०० बजे

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि