सभामुखले एमालेसँग परामर्श नगरी संसद बैठक बोलाए, अवरोध जारी रहने « Khabarhub

सभामुखले एमालेसँग परामर्श नगरी संसद बैठक बोलाए, अवरोध जारी रहने


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ गठबन्धनका दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर प्रतिनिधिसभा बैठक सञ्चालन गर्न दिएको सुझाव सभामुख अग्निप्रसाद सापकोटाले अस्विकार गरेका छन् ।

सत्तारुढ दलले दिएको सुझाव विपरीत प्रतिपक्षी एमालेसँग संवाद र छलफल नै अघि नबढाई आज ११ बजे प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरेको संसदीय दलका उपनेता सुवासचन्द नेम्वाङले बताए ।

‘सत्तारुढ दलको सर्वदलीय बैठकमा प्रतिपक्षलाई पनि विश्वासमा लिएर संसद चलाउनु भन्ने सुझाव दिएको सुनेको थिएँ तर त्यसपछि उहाँले छलफल नै गर्नुभएको छैन्,’ नेम्वाङले भने, ‘हिजो अस्ति १ बजे बोलाउने बैठक उहाँले आज त कुनै परामर्श नगरी ११ बजे नै बोलाउनुभयो ।’

उनकाअनुसार सभामुख सापकोटा एकलौटी रुपमा अघि बढेकाले प्रतिनिधिसभाभित्र असहज अवस्था सृजना भइरहेको छ । पार्टीका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई पार्टीले गरेको कारबाहीको सुचना टाँस नगरेको भन्दै सभामुख सापकोटाप्रति एमाले आक्रोशित हुँदै आएको छ।

सभामुख सापकोटाले माधव नेपाललगायत १४ सांसदको पदमुक्तिको सुचना टाँस गर्नुपर्ने, नभएमा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने शर्त राख्दै संसद अवरोध गरिरहेको छ ।

सभामुख र प्रतिपक्षबीचमा टसल चलिरहेको बेलामा विनियोजन विधेयक नारावाजीको बीचमा नै अघि बढाइएको थियो । जसको सशक्त विरोध आज पनि जारी रहने नेम्वाङले जानकारी दिए ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ९ : ०१ बजे

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी

रूपपुर आणविक इन्धन ढुवानीमा पाकिस्तानले अनुमति नदिँदा अवरोध

ढाका- बङ्गलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रका लागि युरेनियम इन्धन बोकेको विमानलाई

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न बागमतीका मुख्यमन्त्रीको निर्देशन

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र