अदालतसम्म पुगेको डिभोर्स पनि टार्न सकिने ज्योतिषीय मान्यता (उपायसहित) « Khabarhub

अदालतसम्म पुगेको डिभोर्स पनि टार्न सकिने ज्योतिषीय मान्यता (उपायसहित)


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहंकार, घरेलू हिंसा, आपसी तालमेल नमिल्दा वा विवाहेत्तर सम्बन्धलगायतका विभिन्न कारणले निम्तने विवादपछि दम्पतीबीच डिभोर्स हुने गर्दछ ।

दम्पतीको सहमती जुटेमा केही डिभोर्स सहज हुन्छ तर कतिपय डिभोर्सकालागि वर्षौसम्म झमेला खेप्नुपर्ने हुन्छ ।

नेपाली समाजमा अधिकांश दम्पती डिभोर्स नहोस् नै भन्ने चाहान्छन् । एक मिठो सम्बन्धको रुपमा जोडिएको श्रीमान श्रीमतीको सम्बन्ध टुटाउन अधिकांश चाहदैनन् । तर, कतिपय कारणले चाहेर पनि डिभोर्स रोक्न सकिदैँन । तर ज्योतिषीका अनुसार यस्ता केही उपाय छन्, जसमार्फत डिभोर्सलगायतका दम्पतीबीचको खटपटबाट बच्न सकिन्छ ।

ज्योतिषीय मान्यता अनुसार कुण्डलीमा डिभोर्सको योग छ भने त्यसको जिम्मेदार ग्रहको उपाय गरे विवाह टुट्नबाट बचाउन सकिन्छ । यदि कुण्डलीमा शनि दोष छ र त्यसको कारण डिभोर्स हुने भय छ भने सिद्ध ७ मुखे रुद्राक्ष धारण गरी यसलाई टार्न सकिन्छ । साथै शनि ग्रहलाई शान्त पार्ने उपाय गर्नु पर्दछ ।

-कुण्डलीमा डिभोर्सको योग बनेको भए ७ मुखे रुद्राक्ष धारण गरी बिहान उठेर गणेशको पूजा गर्ने र लड्डुको भोग लगाउने गर्नु पर्दछ ।

-यदि राहु गडबड भए ८ मुखे रुद्राक्ष धारण गर्नु पर्दछ । यसले समस्या नाश भएर जानेछ ।

-डिभोर्स हुनबाट बच्न पुरुषले अभिमन्त्रित हीरा धारण गर्नुपर्दछ । यसले घरमा शान्त माहौल बन्दछ साथै आर्थिक स्थिति राम्रो हुन्छ ।

-यस अलावा जातकले बेडरूममा सिद्ध शुक्र यन्त्रको स्थापना गर्नु पर्दछ । यसले पतिपत्नीबीचको समस्या समाधान हुन्छ ।

-डिभोर्सबाट बच्न ज्योतिषिय उपायमा घरमा देखा परेका कमिलालाई चिनी र पिठो ख्वाउन समेत सुझाइएको छ । लगातार २१ दिनसम्म गर्ने यस प्रकृयाले लाभ दिने ज्योतिषीय मान्यता छ ।

-यस्तै पति–पत्नीबीचको कलह हटाउन रातमा सुत्दा पुर्व सिरानी पारेर सुत्नु पर्ने धार्मीक विश्वास छ । यसो गरे दुबैबीच शान्ती र समझदारी बढ्ने मान्यता छ ।

-डिभोर्सको कुरा अदालतसम्म पुगेको छ भने त्यसलाई टार्न पतिले पत्नीको र पत्नीले पतिको नाम रातो कलमले भोजपत्रमा लेखेर ५१ पटक हनुमानको मन्त्र जप गर्दै यसलाई घरको कुनै कुनामा राखे डिभोर्सको योग समाप्त हुने र सम्बन्ध राम्रो बन्ने मान्यता छ ।

-डिभोर्सबाट बच्न सिन्दूरको डब्बामा सिद्ध गरिएको गोमती चक्र हालेर यसलाई पुजास्थलमा राख्नुपर्ने मान्यता छ । यसलाई प्रत्येक दिन पूजा गर्दा महिलाले सिउँदो भर्ने र पुरुषले टिका लगाउने गरेमा डिभोर्सबाट बच्ने ज्योतिषिय मान्यता छ ।

-यस्तै हमेशा वादविाद भइरहन्छ भने पीपलको रुखमा दैनिक १४ दिनसम्म पानी चढाउन सुझाइएको छ ।

स्रोत : जी न्यूज

 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ८ : ०५ बजे

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार– पश्चिम जाजरकोटमा करोडौँ रुपैयाँ लागतका पक्की पुलहरूको निर्माणले गति

चीनमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ को सम्मान

काठमाडौँ– चीनको ग्वाङ्झाउमा नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ अर्थात् ‘सबैभन्दा

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

टीकापुर– गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक तालिम

युवापुस्तामा किन बढ्दै छ माइग्रेन र नसा च्यापिने समस्या ?

काठमाडौँ – पछिल्लो समय युवापुस्तामा माइग्रेन र नसा च्यापिने समस्या

टुँडिखेललाई हरियाली र व्यवस्थित बनाउने काम तीव्र (तस्बिर)

काठमाडौँ– काठमाडौँको टुँडिखेललाई हरियाली र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास