अदालतसम्म पुगेको डिभोर्स पनि टार्न सकिने ज्योतिषीय मान्यता (उपायसहित) | Khabarhub Khabarhub

अदालतसम्म पुगेको डिभोर्स पनि टार्न सकिने ज्योतिषीय मान्यता (उपायसहित)


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहंकार, घरेलू हिंसा, आपसी तालमेल नमिल्दा वा विवाहेत्तर सम्बन्धलगायतका विभिन्न कारणले निम्तने विवादपछि दम्पतीबीच डिभोर्स हुने गर्दछ ।

दम्पतीको सहमती जुटेमा केही डिभोर्स सहज हुन्छ तर कतिपय डिभोर्सकालागि वर्षौसम्म झमेला खेप्नुपर्ने हुन्छ ।

नेपाली समाजमा अधिकांश दम्पती डिभोर्स नहोस् नै भन्ने चाहान्छन् । एक मिठो सम्बन्धको रुपमा जोडिएको श्रीमान श्रीमतीको सम्बन्ध टुटाउन अधिकांश चाहदैनन् । तर, कतिपय कारणले चाहेर पनि डिभोर्स रोक्न सकिदैँन । तर ज्योतिषीका अनुसार यस्ता केही उपाय छन्, जसमार्फत डिभोर्सलगायतका दम्पतीबीचको खटपटबाट बच्न सकिन्छ ।

ज्योतिषीय मान्यता अनुसार कुण्डलीमा डिभोर्सको योग छ भने त्यसको जिम्मेदार ग्रहको उपाय गरे विवाह टुट्नबाट बचाउन सकिन्छ । यदि कुण्डलीमा शनि दोष छ र त्यसको कारण डिभोर्स हुने भय छ भने सिद्ध ७ मुखे रुद्राक्ष धारण गरी यसलाई टार्न सकिन्छ । साथै शनि ग्रहलाई शान्त पार्ने उपाय गर्नु पर्दछ ।

-कुण्डलीमा डिभोर्सको योग बनेको भए ७ मुखे रुद्राक्ष धारण गरी बिहान उठेर गणेशको पूजा गर्ने र लड्डुको भोग लगाउने गर्नु पर्दछ ।

-यदि राहु गडबड भए ८ मुखे रुद्राक्ष धारण गर्नु पर्दछ । यसले समस्या नाश भएर जानेछ ।

-डिभोर्स हुनबाट बच्न पुरुषले अभिमन्त्रित हीरा धारण गर्नुपर्दछ । यसले घरमा शान्त माहौल बन्दछ साथै आर्थिक स्थिति राम्रो हुन्छ ।

-यस अलावा जातकले बेडरूममा सिद्ध शुक्र यन्त्रको स्थापना गर्नु पर्दछ । यसले पतिपत्नीबीचको समस्या समाधान हुन्छ ।

-डिभोर्सबाट बच्न ज्योतिषिय उपायमा घरमा देखा परेका कमिलालाई चिनी र पिठो ख्वाउन समेत सुझाइएको छ । लगातार २१ दिनसम्म गर्ने यस प्रकृयाले लाभ दिने ज्योतिषीय मान्यता छ ।

-यस्तै पति–पत्नीबीचको कलह हटाउन रातमा सुत्दा पुर्व सिरानी पारेर सुत्नु पर्ने धार्मीक विश्वास छ । यसो गरे दुबैबीच शान्ती र समझदारी बढ्ने मान्यता छ ।

-डिभोर्सको कुरा अदालतसम्म पुगेको छ भने त्यसलाई टार्न पतिले पत्नीको र पत्नीले पतिको नाम रातो कलमले भोजपत्रमा लेखेर ५१ पटक हनुमानको मन्त्र जप गर्दै यसलाई घरको कुनै कुनामा राखे डिभोर्सको योग समाप्त हुने र सम्बन्ध राम्रो बन्ने मान्यता छ ।

-डिभोर्सबाट बच्न सिन्दूरको डब्बामा सिद्ध गरिएको गोमती चक्र हालेर यसलाई पुजास्थलमा राख्नुपर्ने मान्यता छ । यसलाई प्रत्येक दिन पूजा गर्दा महिलाले सिउँदो भर्ने र पुरुषले टिका लगाउने गरेमा डिभोर्सबाट बच्ने ज्योतिषिय मान्यता छ ।

-यस्तै हमेशा वादविाद भइरहन्छ भने पीपलको रुखमा दैनिक १४ दिनसम्म पानी चढाउन सुझाइएको छ ।

स्रोत : जी न्यूज

 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ८ : ०५ बजे

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ