नेकपा एकीकृत समाजवादीको ५५ जिल्लामा कार्यसमिति गठन « Khabarhub

नेकपा एकीकृत समाजवादीको ५५ जिल्लामा कार्यसमिति गठन


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ ।

करिब एक महिना अगाडि नेकपा (एमाले) बाट नेता माधवकुमार नेपालका नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीले देशभर सङ्गठन विस्तारका लागि भेला, बैठकलगायत विभिन्न राजनीतिक कार्यक्रम सञ्चालन गरेको हो । बाँकी २२ जिल्लामा चाँडै समिति गठन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, सम्बन्धित आयोगको गठन, पुनःगठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक राजनीतिक गतिविधि सञ्चालन गर्न पार्टीले राष्ट्रियस्तरमा अभियान गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

सङ्गठन विस्तारका लागि सदस्यता वितरण गरिने जनाइएको छ । पार्टीको सङ्गठन विस्तारका लागि वितरण गरिने सदस्यताको फाराम अनलाइनबाट उपलब्ध गराइएको छ ।

पार्टीको सदस्यता लिन चाहने नेतालाई पुरानै सदस्यता कायम गरिनेछ । केन्द्रीय कमिटीको बैठकपछि पार्टीले केही नेताको विभाग हेरफेर गरेर नयाँ जिम्मेवारी तोक्ने जनाइएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १ : २५ बजे

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी

रूपपुर आणविक इन्धन ढुवानीमा पाकिस्तानले अनुमति नदिँदा अवरोध

ढाका- बङ्गलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रका लागि युरेनियम इन्धन बोकेको विमानलाई

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न बागमतीका मुख्यमन्त्रीको निर्देशन

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र