‘मिसेस नेपाल वर्ल्ड’को तयारी | Khabarhub Khabarhub

‘मिसेस नेपाल वर्ल्ड’को तयारी


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आईरहेको विवाहित महिलाको लागि नेपालको सबैभन्दा ठूलो प्रतियोगिता ‘मिसेस नेपाल इन्टरनेसनल’ नामक सौन्दर्य प्रतियोगिता यस वर्षबाट ‘मिसेस नेपाल वर्ल्ड’को रुपमा आयोजना हुने भएको छ । सन् २०१९ मा ‘मिसेस नेपाल इन्टरनेसनल’को पाँचौ संस्करण सम्पन्न गरेको र सन् २०२० मा कोरोनाको महामारीका कारण स्थगित हुन गएको कार्यक्रम यस वर्षदेखि परिमार्जित भई ‘मिसेस नेपाल वर्ल्ड’को रूपमा आयोजना हुन लागेको रिबन इन्टरटेनमेन्टले जनाएको छ ।

पहिलो संस्करणको घोषणासँगै यस कार्यक्रमको विजेताले सन् २०२२ को जनवरीमा लस भेगास, अमेरिकामा आयोजना हुने ‘मिसेस वर्ल्ड’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । यस वर्षदेखि रिबनले आयोजना गर्ने कार्यक्रममा एकै मञ्चबाट ‘मिसेस नेपाल वर्ल्ड’ र ‘मिसेस नेपाल इन्टरनेसनल’का साथै ‘एमएस नेपाल इन्टरनेसनल’ गरी तीन विजेताहरुको छनोट गर्नेछ ।

यसैगरी ‘मिसेस इन्टरनेसनल नेपाल’ तथा ‘एमएस नेपाल इन्टरनेसनल’का विजेताले नेपाललाई प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा आयोजना हुने ‘मिसेस इन्टरनेसनल’ तथा ‘एमएस इन्टरनेसनल’मा सहभागिता जनाउने छन् ।

यो वर्ष ‘मिसेस वर्ल्ड’मा नेपालको पहिलो सहभागिता हुनेछ । विगतको वर्षहरुमा झैं सामाजिक मुद्दालाई आफ्नो कार्यक्रमको नारा तथा वर्षभरी विजेताले उक्त मुद्दामा केन्द्रित रही काम गर्नुपर्ने हुँदा यस वर्षलाई मिसेस नेपालले ‘क्यान्सर विरुद्धको जनचेतना अभियानलाई’ वर्षको मुद्धा बनाएको छ ।

यस अघि सम्पन्न ‘मिसेस इन्टरनेसनल’मा सबिता लामिछाने, अनुपमा राई, सुरुची पाण्डे, चन्दा थापा गिरी र भाविषा कोइराला चटौतले उपाधि जितेका थिए । ‘मिसेस इन्टरनेसनल’मा यसअघि नेपालबाट सुरुचि पाण्डे, एलाइजा महर्जन, चन्दा थापा गिरीका साथै स्नेहा थापाले प्रतिनिधित्व गर्दै विभिन्न उपाधीहरु जितेका थिए ।

‘मिसेस नेपाल इन्टरनेसनल २०१८’ कि विजेता चन्दा थापा गिरीले ‘मिसेस इन्टरनेसनल’मा ‘मिसेस एशिया प्यासिफिक २०१८’ को ताज पोल्टामा पारेकी थिइन् । यसैगरि ‘एमएस इन्टरनेसनल’मा नेपालको तर्फबाट संगीता बस्यालले सहभागिता जनाएकी थिईन ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ४ : ५२ बजे

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।