‘मिसेस नेपाल वर्ल्ड’को तयारी « Khabarhub

‘मिसेस नेपाल वर्ल्ड’को तयारी


४ आश्विन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आईरहेको विवाहित महिलाको लागि नेपालको सबैभन्दा ठूलो प्रतियोगिता ‘मिसेस नेपाल इन्टरनेसनल’ नामक सौन्दर्य प्रतियोगिता यस वर्षबाट ‘मिसेस नेपाल वर्ल्ड’को रुपमा आयोजना हुने भएको छ । सन् २०१९ मा ‘मिसेस नेपाल इन्टरनेसनल’को पाँचौ संस्करण सम्पन्न गरेको र सन् २०२० मा कोरोनाको महामारीका कारण स्थगित हुन गएको कार्यक्रम यस वर्षदेखि परिमार्जित भई ‘मिसेस नेपाल वर्ल्ड’को रूपमा आयोजना हुन लागेको रिबन इन्टरटेनमेन्टले जनाएको छ ।

पहिलो संस्करणको घोषणासँगै यस कार्यक्रमको विजेताले सन् २०२२ को जनवरीमा लस भेगास, अमेरिकामा आयोजना हुने ‘मिसेस वर्ल्ड’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन् । यस वर्षदेखि रिबनले आयोजना गर्ने कार्यक्रममा एकै मञ्चबाट ‘मिसेस नेपाल वर्ल्ड’ र ‘मिसेस नेपाल इन्टरनेसनल’का साथै ‘एमएस नेपाल इन्टरनेसनल’ गरी तीन विजेताहरुको छनोट गर्नेछ ।

यसैगरी ‘मिसेस इन्टरनेसनल नेपाल’ तथा ‘एमएस नेपाल इन्टरनेसनल’का विजेताले नेपाललाई प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा आयोजना हुने ‘मिसेस इन्टरनेसनल’ तथा ‘एमएस इन्टरनेसनल’मा सहभागिता जनाउने छन् ।

यो वर्ष ‘मिसेस वर्ल्ड’मा नेपालको पहिलो सहभागिता हुनेछ । विगतको वर्षहरुमा झैं सामाजिक मुद्दालाई आफ्नो कार्यक्रमको नारा तथा वर्षभरी विजेताले उक्त मुद्दामा केन्द्रित रही काम गर्नुपर्ने हुँदा यस वर्षलाई मिसेस नेपालले ‘क्यान्सर विरुद्धको जनचेतना अभियानलाई’ वर्षको मुद्धा बनाएको छ ।

यस अघि सम्पन्न ‘मिसेस इन्टरनेसनल’मा सबिता लामिछाने, अनुपमा राई, सुरुची पाण्डे, चन्दा थापा गिरी र भाविषा कोइराला चटौतले उपाधि जितेका थिए । ‘मिसेस इन्टरनेसनल’मा यसअघि नेपालबाट सुरुचि पाण्डे, एलाइजा महर्जन, चन्दा थापा गिरीका साथै स्नेहा थापाले प्रतिनिधित्व गर्दै विभिन्न उपाधीहरु जितेका थिए ।

‘मिसेस नेपाल इन्टरनेसनल २०१८’ कि विजेता चन्दा थापा गिरीले ‘मिसेस इन्टरनेसनल’मा ‘मिसेस एशिया प्यासिफिक २०१८’ को ताज पोल्टामा पारेकी थिइन् । यसैगरि ‘एमएस इन्टरनेसनल’मा नेपालको तर्फबाट संगीता बस्यालले सहभागिता जनाएकी थिईन ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ४ : ५२ बजे

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले